» » राजेन्द्र महतोले दिनुभयो पत्रकारलाई यस्तो सुझाव


पर्सा ,पुस २६ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिमाल ,पहाड र तराईमा शोषण र विभेदमा परेका जनताहरुको अवाजहरुलाई उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले मधेस र मधेसी जनताहरुको समस्या र हक अधिकार सुनिश्चित गराउन सम्पुर्ण पत्रकारहरु एकजुट भई कलम चलाउनुपर्नेमा जोड दिँदै बिशेष गरी खस शाषकहरुको बिभेद र षडयन्त्रकारी शासन र अत्याचार को बिरुद्ध कलम चलाई उनीहरुको भण्डाफोर गर्न आग्रह गर्नुभयो

पार्टी निकट प्रेस मञ्चको पहिलो महाधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले देश विकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण भएकोले स्वतन्त्र, निर्भिक र ईमान्दारीपुर्वक कलम चलाउन महतोले पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष महतोले प्रेच मंच नेपालको प्रथम महाधिवेशनलाई नेपाली पत्रकारिता जगतमा अविस्मरणीय र एतिहासिक बनाउन सबैलाई आग्रह गर्दै महाधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण, अतिथीहरु बरिष्ठ उपाध्यक्ष नवलकिसोर साह, महासचिव मनिष सुमन, सह महासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता,अर्जुन उपेत्री, केन्द्रिय सदस्य योगेन्द्रराय यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, हिन्दु परिषदका केन्द्रिय अध्यक्ष पंडित पुरुषोत्तम दुवे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस मंच नेपालको प्रथम केन्द्रिय महाधिवेशन आजदेखि वीरगंजमा शुरु भएको छ ।

मंचका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा शुरु उद्घाटन समारोहलाई कार्यक्रमका प्रमुख अतिथी एवं पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रमा मंचको केन्द्रिय कार्य समितीले पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फुलमालाले भव्य स्वागत गरेको थियो ।

वीरगंज स्थित गोपाल मण्डलीमा दुई दिनसम्म चल्ने महाधिवेशनमा मधेसका २२ जिल्लाका ३०० जना पत्रकारहरुको उपस्थिती रहेको मंचका केन्द्रिय अध्यक्ष संतोष पटेलले जानकारी गराउनुभयो ।

यसैगरी महाधिवेशनमा प्रेच मंच नेपालका संस्थापक अध्यक्ष विरेन्द्र केएम, उपाध्यक्ष राजकुमार यादव, महासचिव निमेश कर्ण, सह महासचिव आशिष गुप्ता , भोजपुरी गायक सुनिल पंडित र जितेन्द्र मुस्कानलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मंचका केन्द्रिय महासचिव विश्वनाथ ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मंचका केन्द्रिय सदस्य राधा मण्डलले गर्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..