» » ‘दंगल’ मा त्रुटी


आमिर खान स्टारर ‘दंगल’ ले बक्सअफिसमा रेकर्ड तोड कमाई गरेको छ । रिलिज भएको ६ दिन पछि फिल्मको कमाई १७७ करोड पुगेको छ । विक डेजमा पनि २४–२५ करोडको कमाई गरिरहेको यो फिल्मको कमाई हेर्दा पुष्टि हुन्छ कि दर्शकलाई यो फिल्म निकै मनपर्यो । यसलाई बनाउनका लागि आमिर खान र यसको समूहले निकै मेहनत गरेको छ । ‘मिस्टर परफेक्सनिष्ट’ नामले चर्चित आमिरले महावीर सिंह फोगाटको वास्तविक जीवनको कहानी पर्दामा देखाउनका लागि स–साना कुराको याद राखेका छन् । यति हुँदा हुँदै पनि फिल्ममा केही गल्ती भएका छन् ।
यस्तो छ ‘दंगल’ का पाँच त्रुटी

१. यदि गरिब छन् भने पूरा थिएटर कसरी बुक गरियो ?
फिल्ममा आमिरले एक गरिब पिताको भुमिका निभाएका छन् । छोरीहरुलाई तालिम दिनका लागि उनले आफ्नो जागिरसमेत छोडिदिन्छन् तर जब उनी छोरीहरुको तालिमका लागि पटियाला पुग्छन् तब उनीहरुको स्थिती परिवर्तन हुन्छ । फिल्ममा आमिर गीताको पुरानो भिडियो हेर्नका लागि पूरा सिनेमाहल बुक गर्छन् । यसमा प्रश्न यो उठ्छ कि यदि उनी गरिब हुन् भने उनीसँग फिल्महल बुक गर्नका लागि कहाँबाट पैसा आयो ?

२. फिल्ममा कमनवेल्थ गेम्स २०१० को क्रममा गीता (फातिमा सना शेख) छोटो कपालमा देखिन्छिन् । तर वास्तवमा गीता फोगाटले खेलका लागि लामो कपाल राखेकी थिइन् ।

३. फिल्मको क्लाइमेक्स दृश्यमा गीता अष्ट्रेलियन खेलाडीलाई अन्तिम सेटमा हराउँछिन् । उनको स्कोर ३–०,
४–६ र ६–५ हुन्छ । तर वास्तवमा गीताले कमनवेल्थ २०१६ मा २ सेट (१–०, ७–०) मा जीत हाँसिल गरेकी थिइन् ।

४.महावीर सिंह फोगाटजस्तै देखिनका लागि आमिरले निकै मेहनत गरे । रुपरंगका साथै उनको कानसमेत महावीरजस्तो देखाइएको छ । यद्यपी, फातिमा सना शेख जसले गीता फोगाटको भूमिका निभाएकी छिन् उनको रुपरंगमा समानता देखिएको छैन ।

५.यो फोटोमा महावीर बनेका आमिरले आफ्नो पुरस्कारहरु नियालिरहेका छन् । दुबै फोटोमा थुप्रै वर्षको अन्तर छ । अचम्मको कुरा के छ भने वर्षौं पहिले जुन ठाउँमा चश्माको कभर राखिएको थियो थुप्रै वर्षपछि पनि उक्त हरियो रंगको कभर त्यही ठाउँमा देखियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..