» » के भन्छन्, सभामा भाग लिन आएका एमालेका मधेशी कार्यकर्ता


बुद्धेश्वर दास, धनुषा
यो सरकारले जनतालाई अधिकार नदिएकाले म यहाँ आएको हुँ । जनताले अहिले शिक्षा, रोजगार, मल खाद बिउ चाहेका छन् । यो सरकार दिन चाहिरहेको छैन । यसको लागि हामी दबाब दिन काठमाडौँ आएका हौँ । अहिलेसम्म सिचाइको व्यवस्था हुन सकेको छैन । यसकोलागि पनि सरकारलाई दबाब दिनु पर्ने भएकाले आएका हँु । प्रचण्डले देश टुक्राउँछ भनेर भनेका थिए हाम्रा नेताहरुले त्यसलाई रोक्नु पर्छ भनेर आएका हौँ । देश टुक्राउनु भनेको राम्रो होइन । मिलेर बसेका छौँ ।

आनन्द महतो, सर्लाही 
कार्यक्रम सुन्न आएको हुँ । काठमाडौमा हुने आम सभामा नेताहरुले के भन्छन् भनेर आएको हुँ । म मेरो पैसाले बसमा आएको हुँ । प्रचण्डले देश टुक्राउन थाल्यो भनेर हाम्रा नेताहरुले भनेका थिए । हामी देश टुक्राउन दिनुहुन्न भनेर नारा लगाउन आएको हुँ । आज धेरै मान्छेहरुले पनि त्यही नारा लगाए । हामीलाई दुई नं प्रदेशको नाममा ८ जिल्ला मात्र होइन । सिन्धुली रामेछाप र मकवापुर पनि चाहिन्छ । अहिलेको दुई नं प्रदेशमा त केहि छैन । न नदिनाला छन् । न गिट्टी वालुवा छ । न पहाड छ । अहिलेको दुई नं प्रदेश हामीलाई चाहिदैन ।

दयाशंकर प्रसाद राय, बारा
प्रचण्डको सरकारले देश टुक्राउछ भनेको सुनेको छु । यो काम गलत हो । हामी यसका विरुद्ध छौ । अहिले पहाड तराईबीच पनि मत भिन्नता बढेको छ । मधेशमा मधेशीले पहाडिलाई हेप्छ । पहाडमा मधेशीलाई हेप्छन् । यसको अन्त्य हुनुपर्छ । यो यहि किसिमले चलिरहेमा देशमा द्वन्द्व हुन्छ । यसको अन्त्य हुन आवश्यक छ ।
विन्लेश्वर राय सर्लाहि 
म ६३ बर्षको भए । भाई एमालेको कार्यकर्र्ता हो । उसले काठमाडौँ जानु भन्यो । त्यही भएर म आएको हुँ । मलाई अरु केहि थाह छैन । सरकारले देश टुक्राउँछ जानैपर्छ भनेपछि आएको हँु । म मेरो आफ्नै खर्चमा आएको हुँ । कसैले खर्च दिएन । हामीलाई खाना लाउन पुग्नुपर्छ । संविधान के हो थाहा छैन । संशोधन के हो थाहा छैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Sojha sidha madheshi haru lai jhukkyayera, wrong information and gumrah parera chhal garera lyako rahexa.

    ReplyDelete

..