» » राजेन्द्र महतोले दिनुभयो सरकारसँग सम्बन्ध विच्छेदको चेतावनी

काठमाडांै, माघ १८ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिनुभएको छ  ।

विभेदकारी संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, त्यसलाई कुनै हालतमापनि नस्वीकारिने चेतावनी दिँदै उहाँले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि चेतावनी दिनुभयो । जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने बताउँदै उहाँले भन्नुभयो, ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ ।’

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुनाले त्यसलाई त्यसकै आधारमा सम्बोधन गर्नुपने सुझाव दिनुभयो । उहाँले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अब बेइमानी चल्दैन, यो चुनाव÷सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ?’

अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै एमालेले धेरै बेईमानी गरेकाले त्यसको हिसाब किताब जनताले लने चेतावनी पनि दिनुभयो ।

स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको जिकिर गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने उनले माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘पूर्नसंरचनाको नाममा फेरि मधेशमा नयाँ ढंगले विभेद सूरु गरिएको छ, यो हामी मान्दैनौं, मधेशमा ५१ प्रतिशत जनसंख्या छ, तर २५ प्रतिशत पनि दिईएको छैन ।’

स्थानीय तहको पूर्नसंरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उहाँको दावी थियो । उहाँले भन्नुभयो, ‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उहाँले पूर्नसंरचना गर्दापनि पूर्वाग्रही राखेको आरोप लगाउनुभयो ।

त्यस्तै उहाँले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेशमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाईवे र सिमानाकोवीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माग गर्नुभयो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन नगरीकन निर्वाचनको मिति घोषणा गर्नु, प्रतित्युपादक हुन्छ, यो सरकार बनेकै संविधान संशोधन गर्नका लागि हो, त्यसैले संशोधन नगरी चुनावमा जानु भनेको द्धन्द्ध बढाउनु हो, नहुने निर्वाचनको मिति घोषणा गरेर प्रधानमन्त्रीले जोखिम मोल्नुहुँदैन् ।’

उहाँले भन्नुभयो, ‘संशोधन विद्येयक पारित गरेरमात्रै चुनावमा जानु सुल्टो बाटो हो, यसलेमात्रै मुलुकको समस्या दीर्घकालिन रुपमा समाधान गर्छ, उल्टो बाटो हिँड्नको लागि प्रधानमन्त्रीलाई कसैलेपनि प्रेरित गर्नुहुँदैन् ।’ देशलाई सही दिशामा अघि बढाउनका लागि दलहरुबीच समझदारी बन्नुपर्ने उहाँको भनाई थियो । उहाँले संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

स्थानीय तहको पूर्नसंरचनाको प्रतिवेदनसमेत परिमार्जन गर्नुपर्ने उहाँले माग गर्नुभयो । साहले भन्नुभयो, ‘पूर्नसंरचना गर्दा हतारमा गरिएको छ, मधेशमा यसले विभेद गरेको छ, त्यसैले जनसंख्याको आधारमा पूर्नसंरचना गर्नुपर्छ, आयोगको प्रतिवेदन यथास्थितिमा कार्यान्वयन गर्नु भनेको मधेशमा फेरि अर्को आन्दोलन हुनु हो ।’

सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने बताउनुभयो ।

नेता खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन नसक्ने बताउनुभयो  । प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नरहने कुरामा उहाँले जोड दिनुभयो ।

नेता खड्काले मधेशी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताउनुभयो । ‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उहाँले अघि भन्नुभयो, ‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन्, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह«ो हुन्छ ।’

उहाँले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनका लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भन्नुभयो, ‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..