» » क्रियाशील महिला पत्रकार केन्द्रको शाखा महोत्तरीमा

महोत्तरी, माघ १६ गते । क्रियाशील महिला पत्रकार केन्द्रको शाखा महोत्तरीमा विस्तार भएको छ । जिल्लाभरिमा क्रियाशील रहेको सक्रिय महिला पत्रकारहरुको वर्दिवासमा आयोजित एक कार्यक्रमकाबीच सो केन्द्रको विस्तार गरेको हो ।

त्यस्तै केन्द्र सञ्चालनको लागि एक समिती समेत गठन गरेका छन ।
सो समितीको अध्यक्षमा सुनिता बराललाई सर्वसम्मती रुपमा चयन गरिएको छ । त्यस्तै समितीको उपाध्यक्षमा सुनिता महतो, सचिवमा कमला राई, कोषाध्यक्षमा मेनुका श्रेष्ठ, सदस्यमा उषा आचार्यलाई चयन गरेको छ ।

९ सदस्यीय समिती गठन हुनुपर्नेमा बाँकी रहेको ४ जना सदस्यहरु केही दिनमै बस्ने समितीको पहिलो वैठकमा तय गरिने अध्यक्ष बरालले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..