» » देश बनाउन हिडेका धुर्मुस— सुन्तलीलाई सबै नेपाली खुलेर सहयोग गरौं ः मह जोडि


धनवीर महतो,
महोत्तरी , माघ १ गते ।
हास्यकलाकार महजोडि (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले धुर्मुस–सुन्तलीले हास्यकलाकारिता क्षेत्रलाई उज्यालाएका बताएका छन् । शनिवार विहान धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडिले स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले
थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायकको रहेको बताए ।  देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

रकेटको गतिमा काम भइरेको भन्दै मदनकृष्ण श्रेष्ठले भने,‘पौष २५ गते शिलान्यास  गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच  निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त बनेको छ ।’ धुर्मुश र सुन्तलीले दर्शक मात्र नहसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए । ५० वटा बन्ने भनेकोमा घर मध्ये २० वटा घरको जग हालेर दण्डी ठडिएको देख्दा हरिबंश अच्मित ! हुदैं मदनकृष्णको कुरामा थपेर भने,‘ जांगरिला हातको कमाल देखियो । धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’
धुर्मुस र सुन्तलीसहितको जांगरिलो नयाँ पुस्ता हास्य व्यंगमा मात्र धाराबाहिक श्रृङख्ला नपकेर विकास निर्माणको धाराबाहिक श्रृङख्ला जनता सामु पस्किरहेको भन्दै मह जोडिका मदनकृष्ण श्रेष्ठले खुशी व्यक्त गर्दै अगाडि भने,‘ हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हंसाउनेमात्र हैन, देश हंसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नेताहरुले नगरे नेताहरुको भोट गुम्छ । त्यसैले धुर्मुस र सुन्तलीले गरिरहेका काम नेताहरुको लागि चुनौति सावित भएको छ ।’
दर्शक हसाउने र जनचेतना फैलाउने कामबाट धुर्मुस र सुन्तलीले विकास निर्माणकोे अभियानबाट सरकारले सिक्नु पर्ने हरिबंशले बताए ।
बर्सौंदेखि रोग, भोक र अशिक्षाले पछाडी परेका महोत्तरीको बर्दिबास नपा २ स्थित मुसहर बस्तीको मुहार फेर्न
एकिकृत नमुना मुसहर बस्ती नाम परियोजना अघि बढाएर धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालेको छ । बस्ती बनाउन चार करोंड ७८ लाख लाग्ने भएको छ ।
काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको सो बस्ती निर्माणका लागि दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..