» » प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउने


बलिउडमा निकै चर्चित नायिकाको रुपमा स्थापित प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउने भएकी छिन् । हलिउडको विभिन्न प्रोजेक्टमा काम गरिसकेकी उनले ‘सिक्किमेली –नेपाली फिल्म’ बनाउन लागेकी हुन् । उनको कम्पनी पर्पल पेबल प्रोडक्सनले उनले सपनाको फिल्म बनाउने भारतीय सञ्चारमाध्यममा खबरमा उल्लेख छ ।
डेली मेललाई उद्धृत गर्दै भारतीय मिडिया टाइम्स अफ इन्डियाले बताएअनुसार प्रियंकाले नेपाली फिल्म बनाउन लागेको खबर उनकी आमा मधु चोपडाले सार्वजनिक गरेकी हुन् । मधुका अनुसार प्रियंकाले आफ्नो फिल्मको नामसमेत जुराइसकेकी छिन् । ‘पउआ’ (अर्थात् पाहुना) नाम रहेको उक्त फिल्म युद्धको समयमा बाबुआमाबाट छुट्टिएका बालबालिकामा केन्द्रित हुनेछ । मधुले फिल्मका लागि सिक्किम तथा नेपालबाट पनि कलाकाल लिने जनाएकी छिन् । प्रियंकाले पहिलो पटक स्थानीय फिल्म बनाएकी भने होइन । यसअघि पनि उनले पञ्जाबी फिल्म ‘सर्वान’ बनाएकी छिन् जुन अर्को महिना रिलिज हुँदैछ ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..