» » मधेशी नेता मधेश जाउ (सम्पादकीय)


तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो नवौ पार्टी स्थापना दिवस (पुस १३ गते) पार्टी कार्यालयमा मनाएको छ । शुरु शुरुमा भोजभतेर र नाचगानका साथ भव्य रुपमा स्थापना दिवस मनाउने तमलोपा एउटा लडुमा झरेको टिप्पणी सोही कार्यालयमा भएको सुनियो । पार्टीको कार्यकर्ता तथा दुई चारजना पत्रकारबीचमा औपचारिकताका लागि मात्र मनाइएको दिवसप्रति हामीलाई कुनै गुनासो छैन । यहाँ यो सन्दर्भ उल्लेख गर्नुको मनसाय भनेको तमलोपाले मधेशमा गएर पनि स्थापना दिवस मनाउन सकिन्थ्यो मात्र हो ।

तर पार्टी कार्यालयमा नियमित आइरहने नेता तथा कार्यकर्ताहरुलाई अधिकारका लागि संघर्षरत रहने भन्दै संकल्प गराएर स्थापना दिवस मनाए । यदि यही कार्यक्रम मधेशको कुनै एउटा शहरमा गरेको भए त्यसको सन्देश छुट्टै हुन्थ्यो । मधेशमा भएको भए तमलोपाका कार्यकर्ता मात्र होइन त्यहाँ आमजनताले पनि संकल्प लिन्थे र आन्दोलनप्रति एउटा भरोसा हुन्थ्यो ।

यो कुरा तमलोपाका लागि मात्र होइन, सबै मधेशवादी दल त्यस्तै हुन् । मधेशको अधिकारका कुरा गर्छन् तर मधेशी दलका नेताहरुले काठमाडौ कहिले छाड्दैनन् । सविधान निर्माणताका सविधानसभा छाड्ने धम्की दिएका मधेशी दलहरु सविधानसभा त के काठमाडौ समेत छाड्न सकिरहेका छैन । के माओवादी काठमाडौमा बसेर जनयुद्ध लडेको भए आजको परिवर्तन सम्भव हुन्थ्यो त ।

बीपी कोइरालाहरु राणा विरोधी आन्दोलन काठमाडौमा बसेर गरेको भए २००७ सालको क्रान्ति सफल हुने सम्भव हुन्थ्यो त । यो देशमा जेजति परिवर्तनका लडाईहरु भए ती सबै काठमाडौ भन्दा बाहिर बसेर भयो र त्यो सफल पनि भयो तर मधेशी नेताहरु काठमाडौको ऐस आराम छाडेर मधेश जान चाहँदैनन् । काठमाडौमै बसेर अधिकार लिने सपना देख्छन् ।

जुन सम्भव छैन । मधेशी नेताहरु मधेश जाँदैन भने होइन तर पाहनुका रुपमा मात्र जान्छन् । मधेशका गएर प्रमुख अतिथि बनेर कार्यक्रम गर्ने र फेरि माला लगाएकै अवस्थामा गाडी चढेर रातारात काठमाडौ फर्कन्छ । उनीहरुको मधेश जाँदा आतेजाते टिकट पाकेटमा हुन्छ । या गाडीबाट गयो भने फर्किने सेडुल पहिलादेखि नै तयार हुन्छन् ।

यस्तो शर्मनाक कुरा, आफ्नो घरमा पनि पाहुना जस्तै बसेका हुन्छन् उनीहरु । अर्थात जति हतार जानमा हुँदैन त्यो भन्दा बढी हतार फर्किनेमा हुन्छ । त्यस्तो नहुनुपर्ने हो । यदि मधेशका लागि राजनीतिक गरिरहेका छन्, मधेशी जनताको अधिकारका लागि राजनीतिक गरिरहेका छन् भने मधेशमै बास हुनुपर्ने हो । पाहुना जस्तो त काठमाडौ आउनु पर्ने हो । केन्द्रीय कार्यालय काठमाडौमा होइन, मधेशमा हुनुपर्ने हो, यहाँ सम्पर्क कार्यालय हुनुपर्ने हो तर ठिक उल्टो भएको छ ।

आफूलाई क्षेत्रीय पार्टी भन्ने मधेशी दलहरु केन्द्रमा हालीमुहाली जमाएर बसेका छन् । सद्भावना पार्टीले आन्दोलनको घोषणा गर्दा जबसम्म मधेशले अधिकार पाउँदैन, आन्दोलन सफल हुँदैन तबसम्म काठमाडौ नफर्किने र पार्टी कार्यालय पनि मधेशमै राख्ने घोषणा गरेका थिए तर सद्भावना पार्टीको कार्यालय काठमाडौ कहिले फर्कियो थाह पनि भएन, जब कि काठमाडौबाट कार्यालय मधेश लैजाँदा तामझापका साथ पत्रकार सम्मेलन गरेको थियो । यो समस्या सबै दलमा छन् । सत्ताभोगी र सुखभोगी भएपछि यस्तै हुन्छ ।

काठमाडौमा टीभी, एफएम, रिर्पोटर्सं क्लव धाउँदैमा नेताहरुलाई फुर्सद हुँदैनन् । एकदिन त सद्भावना पार्टीका महासचिव मनिष सुमनले साँझ ६ बजेदेखि बेलुका ४ः३० बजेसम्म मिडियामा दिने अन्तरवार्ताको सेडुल सार्वजनिक गरेका थिए । यसबाट प्रष्ट हुन्छ कि मधेशी नेताहरु काठमाडौमा के गरिरहेका छन्, के मा व्यस्त छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अधिकाँश समय मधेशमै रहेपनि काठमाडौ फर्किन उनलाई पनि हतार हुन्छ । उनले पनि काठमाडौबाट मधेश जाँदा फर्किने टिकट पकेटमै बोकेकै हुन्छन् ।
मधेशी मोर्चासँग काठमाडौमा यत्रो राजनीतिक लफडा चलिरहेको छ ।

यदि मधेशी मोर्चाका सबै नेताहरु १५ दिनका लागि मात्र काठमाडौ छाडि दिए भने सबै समस्या आफै समाधान हुन्छ, बाध्य भएर मधेशीको पछिपछि हिड्न थाल्छन्, राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा एउटा सन्देश पनि जान्थ्यो । सिके राउत जस्ताका विखण्डनकारी संस्थाले मधेशमा गरिरहेका गतिविधि पनि नियन्त्रण हुन्थ्यो । कुनै वार्ता छ भने विराटनगरमा होस्, जनकपुरमा होस्, वीरगञ्जमा होस्, नेपालगञ्जमा होस् । पहिलो मधेश आन्दोलन भएका हो नि ।

माओवादीहरु जनयुद्धमा हुँदा अधिकाँश वार्ता बाहिर भएको छ । तर मधेशवादी दलहरु त्यस्तो गर्दैनन् । कुनै वार्ता वा छलफल छ भनेर तीन दलका नेताले कुनै मधेशी नेतालाई फोन गरे भने रातारात काठमाडौ फर्कन्छन् तर उपलब्धी केही हुँदैनन् । र, यी सबै कुरा मधेशवादी दलका नेताहरुलाई थाह छ कि यी तीन दलले कसरी डुलाई रहेका छन्, कसरी भुलाई रहेका छन् । तैपनि काठमाडौ छाड्दैन । एकचोटी काठमाडौ छाडेर राजनीतिकमा ट्राइ गर्ने हो कि !

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..