२७ पुस, २०७३
संयुक्त प्रेस विज्ञप्ति
नेपालमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक एवं क्षेत्रीय लगायत सबै प्रकारका विभेद, असमानता, शोषण,दमन, उत्पीडन, बहिष्करण र सीमान्तकरणको अन्त्य गरी धर्म निरपेक्षता,पहिचानसहितको संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्तको आधारमा शासन व्यवस्था र प्रादेशिक स्वायत्ततासहितको राज्यको पुनःसंरचनालाई संस्थागत गरी उत्पीडित जात÷जाति र समुदायलाई सत्ता साझेदार र सार्वभौम नागरिक बनाई स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रसहितको समतामूलक समाजको निर्माण गर्न नेपाली नागरिकले गरेको ऐतिहासिक जन विद्रोह, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन, शिल्पी समुदायको दलित मुक्ति आन्दोलन, शसस्त्र विद्रोह लगायत विभिन्न आन्दोलनबाट स्पष्ट अभिमत प्रकट भएको सन्दर्भमा देशको ठूलो समुदाय मधेशी, आदिवासी जनजाति, शिल्पी
(दलित), महिला, मुश्लिम, थारु, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको मुक्तिको संघर्षको सवालमा सङ्घीय समाजवादी फोरम, नेपाल र नेपाल लोकतान्त्रिक नागरिक पार्टीको नीति, सिद्धान्त, धारणा र समान विचार रहेकोले देशको वर्तमान परिस्थिति र अवस्थालाई ध्यानमा राख्दै, देशका सामन्ती तथा यथास्थितिवादी शासक वर्गहरुले पटक–पटक दिएको धोखा र षड्यन्त्रलाई चीर्नुका साथै मधेशी, आदिवासी जनजाति लगायतका जनसमुदायको मुक्ति आन्दोलनलाई सफल पार्न र हालसम्म भएको परिवर्तन र उपलब्धिहरुलाई संस्थागत गर्न उच्चतम कर्तव्य र नैसर्गिक अधिकारको जिम्मेवारी बोध गर्दै सङ्घीय समाजवादी फोरम, नेपालको विधान, सिद्धान्त, नीति तथा कार्यक्रमलाई नै मान्य हुने गरी आजैको मितिदेखि नेपाल लोकतान्त्रिक नागरिक पार्टी र सङ्घीय समाजावादी फोरम, नेपालबीच पार्टी एकीकरण भएको घोषणा गरेको व्यहोरा यसै संयुक्त प्रेस विज्ञाप्ति मार्फत् सार्वजनिक गर्दर्छौ ।
.......................... ...................................
उपेन्द्र यादव विजयकुमार राय दनुवार
अध्यक्ष अध्यक्ष
सङ्घीय समाजवादी फोरम, नेपाल नेपाल लोकतान्त्रिक नागरिक पार्टी
No comments: