» » हेडमास्टरमाथि सिडियो कार्यालयमा उजुरी


सिरहा पुस २ गते । विद्यालयको व्यवस्थापन समिति विघटन तथा प्रधानाध्यापकमाथि कारवाहीको माग गर्दै सारस्वरनाथ माविविरुद्ध जिल्ला प्रशासन कार्यालय सिरहामा स्थानियले उजुरी हालेका छन् ।

अवैध तरीकाबाट व्यवस्थापन समितिको गठन गराएको भनी सिरहा १२ का शिवनारायण यादव र रामअशिष मण्डलले जिल्ला प्रशासन तथा शिक्षा कार्यालयमा उजुरी हाल्नु भएको हो ।  उहाँहरु एमालेका स्थानिय नेता हुनुहुन्छ ।

विद्यालयमा आठसय २२ जना अभिभावक रहेकोमा गैर अभिभावक तथा शिक्षक लगायत ६० जनाको उपस्थितीमा विद्यालयको व्यवस्थापन समिति गठन गरिएको निवेदकले दावी गर्नुभएको छ ।

अभिभावको सूचिमा नितु ठाकुरको नाम नरहेको र सोनी गुप्ताका विद्यार्थी ओम सरस्वती बोडिङ्ग स्कूल सारस्वरमा अध्ययनरत रहेता पनि ठाकुर र गुप्ता लाई समितिमा राखिएको आरोप लगाउनु भएको हो ।

समितिमा रहेका चन्देश्वर प्रसाद गुप्ता विद्यालयको दशौं करोड मुल्य पर्ने जग्गा बल जबर्दस्ती हकभोग गरेको र सो सम्बन्धमा सिरहा जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा गुप्तालाई समितिमा राखिएको उहाँहरुको दावी छ ।

यस विषयमा जिज्ञासा राख्दा सारस्वरनाथ माविका प्रधानाध्यापक मो.सन्नाउल्ला राईनले केही बताउन चाहनु भएन भने सिरहा श्रोत केन्द्रका श्रोत व्यक्ति जीवनेश्वर यादवले व्यवस्थापन समिति प्रकृयागत रुपमा विधि सम्मत भएको दावी गर्नुभयो ।

तर जिल्ला शिक्षा कार्यालय सिरहाका विद्यालय निरिक्षक बुद्धिमान दनुवारले समिति गठनका लागि अभिभावक बिच सहमति हुन नसकेका कारण आफू र श्रोत व्यक्ति अभिभावक भेला स्थगित गरी आएकोले उक्त विद्यालयमा व्यवस्थापन समिति गठन नभएको र विद्यालयका प्रधानाध्यापकलाई पुनःप्रकृया थाल्न भनी सकेको बताएका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..