» » किसानलाई राहत



कपिलवस्तु मंसिर १८ गते । खाद्यान्न विक्रीमा सदियौंदेखि गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानले अब भने राहत पाउने भएका छन् ।

खाद्यान्न विक्री गर्दा व्यापारीले किसानबाट पल्लेदारीमा खर्चबापत एकदेखि डेढ किलोसम्म बढी लिँदै आएकोमा अबदेखि नलिने भएपछि किसानलाई केही राहत मिल्ने भएको हो ।

चन्द्रौटा उद्योग वाणिज्य संघ, कपिलवस्तु किसान संघ र गल्ला व्यापारीबीच पल्लेदारीको विषयमा भएको वृहत छलफलपछि व्यापारीले अबको मितिदेखि खर्चबापत लिने गरेको बढी परिमाण नलिने लिखित सहमति गरेको उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले जानकारी दिनुभयो ।

यसैगरी खाद्यान्न तौल गर्दा बोराबापत काट्दै आएको परिमाणमा समेत केही कटौती गर्ने सहमति भएको अध्यक्ष मियाले बताउनुभयो ।

किसानले खाद्यान्न विक्री गर्दा प्लास्टिक बोरामा तौल गर्दा अढाई सय ग्राम कटौती गरिँदै आएकोमा अबदेखि एकसय ग्राम मात्र काटिने र जुटको बोराबापत एक किलो कटौती गरिंदै आएकोमा अब ८सय ग्राम काटिने सहमति भएको कपिलवस्तु किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनुभयो ।

चन्द्रौटाबाट शुरुवात गरिएको यस किसिमको सहमति जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाभर लागू गरिने चौधरीले बताउनुभयो ।

छलफल कार्यक्रममा चन्द्रौटा झझझङउद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भ पाण्डे, किसान संघका उपाध्यक्ष राम बहादुर रायमाझी, कोषाध्यक्ष पुजारीप्रसाद चौधरी, गल्लाव्यापारी शाहिद खान, फुलवारी गुप्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..