» » दुई नम्बर प्रदेशको इन्चार्जबाट सुनिल रञ्जनले दिएको राजिनामा


मितिः 2073/08/29
श्रीमान् अध्यक्ष ज्यू,


गाउँपालिका, नगरपालिका तथा विशेष विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग
काठमाण्डौं।


विषयः २ (दुई) नं. प्रदेशको संयोजकबाट राजीनामा दिईएको सम्वन्धमा।

उपरोक्त सम्वन्धमा यस आयोगबाट मलाई आयोगको स्थानीय तह निर्धारण गर्न 2 नं. प्रदेशको जिम्मेबारी तोकिएकोमा मैले २ नं. प्रदेशको जिल्ला-जिल्लामा गएर राजनैतिक दलहरुको विचमा स्थानीय तहको पुनर्संरचना गराउने कार्यमा अत्याधिक रुपमा प्रयास गर्दा पनि सम्भव भएन।नेपाल सरकारले नेपालको संविधानको धारा 295 को उपधारा (3) अन्तर्गत 2072/12/01 गते यो आयोग गठन गर्दा यसको लागि तोकिएको मापदण्डको बुँदा नं. 14 अनुसार स्थानीय निकाय, स्थानीय स्तरमा क्रियाशिल राजनैतिक दलहरु, विषयविज्ञ, स्थानीय बुद्धिजिवी तथा समुदाय, स्थानीय निकायका संघ-महासंघहरुसाग आवश्यकता अनुसार परामर्श समेत लिने गरी आयोगको कार्यसञ्चालन विधि र प्रक्रिया सहभागितमूलक हुनुपर्ने प्रावधान अनुसार यस आयोगबाट पारित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको बुँदा नं. 4 अनुसारको कार्यविधि पुरा हुन नसकेको र बुँदा नं. 5 अनुसारको प्रतिवेदन पनि प्राविधिक समितिबाट आयोगमा प्राप्त हुन नसकेको अवस्थामा 2073 साल मङ्सिर 22 र 23 गते 2 नं. प्रदेशको सांसदज्यूहरुसँग काठमाण्डौंमा स्थानीय तहको खाकाको लागि छलफल हुँदा समेत राजनैतिक सहमति हुन नसकेको अवस्थामा स्थानीय तह पुनर्संरचनाको कार्य प्राविधिक समितिले मात्र नेपाल सरकारद्वारा उपलब्ध गराईएको मापदण्डमा रहेर गर्न नसकिने र तत्कालै राजनैतिक सहमति समेत हुन नसकेको अवस्थामा २ नं. प्रदेशको संयोजक पदमा रही कार्य गरीरहन उचित र उपयुक्त नठानेकाले मैले स्थानीय तह पुनर्संरचनासँग सम्वन्धित 2 नं. प्रदेशको संयोजकबाट नैतिकताको आधारमा राजीनामा पेश गर्दछु।
निवेदकः
अधिवक्ता-सुनिल रञ्जन सिंह
सदस्य
गाउँपालिका, नगरपालिका तथा विशेष विशेष, संरक्षित
वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग
काठमाण्डौं

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..