» » रुपन्देहीको बन्द फिर्ता लिए एमाले


रुपन्देही, मङ्सिर २१ गते । पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक हप्तादेखि बुटवलमा जारी बन्द आज साँझदेखि फिर्ता भएको छ ।

नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको बताउनुभयो ।

 उहाँले संशोधन प्रस्ताव छलफल नहुँदासम्म बन्दका कार्यक्रम फिर्ता लिइएको बताउनुभयो ।

एक हप्तादेखि बुटवलमा बन्द, हड्ताल हुँदा उद्योगी, व्यापारी, विद्यार्थीलगायत सर्वसाधारण मर्कामा परेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..