» » एमालेले बबण्डर मचाए, संशोधन प्रस्ताव दुईतिहाईले पास हुन्छ’

काठमाडौ मंसिर २३ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एवं सांसद महेन्द्र यादवले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने दावी गर्नुभयो ।

उहाँले संशोधन प्रस्ताव राष्ट्रिय आवश्यकत्ता भएको उल्लेख गर्दै यसलाई पारित गरेर संविधान कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

उहाँले संविधानलाई सर्वस्वीकार्यताको लागि सरकारले संशोधन प्रस्ताव ल्याएको बताउँदै एमालेले ठूलो बबण्डर मच्चायो, लहैलहैमा लागेर मुलुकमा द्धन्द्ध निम्त्याउने काम कसैले गनै नहुने बताउनुभयो ।

प्रदेशको सिमांकन हेरफेरलाई राष्ट्रियतासँग जोड्ने काम गर्न नहुने भन्दै यादवले भन्नुभयो, ‘एमालेले राष्ट्रियतालाई विवादमा पारेको छ ।’

उहाँले एमालेले संशोधन प्रस्तावको विपक्षमा आवाज उठाएर चुनावी प्रचारप्रसार गरिरहेको समेत आरोप लगाउनुभयो । उहाँले भारतलाई गाली गरेर आनन्द लिने लघुतावास नेपालमा देखिएको भन्दै राष्ट्रियताको सवालमा पहाड र मधेश भनेर गलत प्रचार गर्ने काम कसैले गर्न नहुने बताउनुभो  ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..