» » मधेशवादी दल एकीकरणः पत्रकारका लागि मागि खाने भाँडो


-अनिल कुमार झा
मधेशवादी दल बीच एकीकरणको हल्ला केहीं मधेशवादी नेता र तीनका सहयोगी केहीं पत्रकारका निम्ति बिगत तीन वर्षदेखि ठगी खाने भांड़ो जस्तो भइसकेको छ । अन्य एकथरीका लागी ब्यंग्य गर्ने बाटो ।

दोश्रो संविधानसभाको निर्वाचनमा २५२१५ मत र एक मात्र सीट भएको मेरो नेतृत्वको संघीय सदभावना पार्टीलाइ जनचाहना बमोजिम १५५७८ मत पाएको नेपाल सदभावना पार्टी संग मिति: २०७३/११/१७ गतेका दिन एकीकरण गरिएको थियो । त्यसको ठीक १ महिना लगतै पछि मिति:२०७३/१२/१७ गतेका दिन नेपाल रिपव्लिकन पिपुल्स पार्टीलाइ र मिति: २०७२/०५/०७ गतेका दिन मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) लाइ नेपाल सदभावना पार्टीमा एकीकरण गराइएको थियो । 

यी दुबै पार्टीहरु दोश्रो संविधानसभा निर्वाचनमा सहभागी भएका थिएनन् । त्यस्तै, दोश्रो संविधानसभा निर्वाचनमा ४३७० मत पाएका तराइ मधेश मुक्ति टाइगर्स लाइ मिति: २०७०/१२/२६ गते र ३३६० मत पाएका सोसल रिपव्लिकन पार्टीलाई मिति: २०७०/०८/०६ गतेका दिन नेपाल सदभावना पार्टीमा एकीकरण गराइएको थियो । सर्लाहीका रामनारायण सिंह, मोरंगका यदुवंश साह लगायतका नेताहरु र अन्य स्थानका नेता कार्यकर्ताहरु यस वीचमा नेसपामा समावेश हुनुभएको अवस्था छ । यसका अतिरिक्त नेपाल सदभावना पार्टीमा एकीकरण गर्नका लागी हामी अन्य केहीं राजनीतिक नेता र दललाई निरन्तर सम्पर्क गरिरहेकाछौं र हाम्रा स्थानिय नेतासाथीहरुले सम्पर्क गराइरहेको अवस्था छ। 

हामीले गरेको प्रयास पर्याप्त नहुन सक्छ, यसले देश र मधेशको राजनीतिलाई दिशा नदिन वा त्यसको दिशा परिवर्तन नगर्न सक्ला तर हामी जस्तो बर्तमानको न्यून र अति सानो हैसियतको दलले आफ्नो हैसियत अनुसारको एकता प्रयास र अभ्यास गर्ने गरेकै छ । अतः हाम्रो सम्बन्धमा अनर्गल र कपोलकल्पित समाचार नलेखियोस् ।


हामी के मान्दछौं भने देश र मधेशको जनताको चाहना र हाम्रो भूराजनीतिक स्थिति, अवस्था र आवश्यकता अनुसार दलहरुका बीचमा स्वाभाविक र स्वतः आपसी एकता हुदैं जानेछ । यसलाइ अन्दाजीको भरमा, अडकलबाजीको बलमा वा मनोगत रुपमा गलत र नियोजित प्रचार-प्रसार नगरौं-नगराऔं । यसले समग्रमा निराशा, भ्रम र तिक्तता उत्पन्न गर्दछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..