» » नवलपरासी पुगेर उपराष्ट्रपति पुनले भन्नुभयो यस्तो


उर्मिला यादव
सुनवल मंसिर २४ गते । उपराष्टपति नन्दबहादुर पुनले सात दशक लामो राजनितिक संघर्षपछि मात्र नवलपरासी जिल्ला र यहाँको जनताले राजनितिक उपलब्धि हासिल गरेको बताउनु भएको छ ।

उपराष्ट्रपति पुनले नवलपरासीको सुनवलमा आयोजित औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै परिवर्तनकारी आन्दोलनमा नवलपरासीवासीले  महत्वपूर्ण योगदान दिएको र देशको समृद्धिको लागि यहाँको जनताले आफनो भुमिका निवार्ह गर्दै आएको बताउनु भएको छ ।

जिल्लाको रामग्राम स्तुप, त्रिबेणीधाम लगायत बिभिन्न ऐतिहासिक धार्मिक स्थलहरुको पर्यटकिय क्षेत्रको रुपमा बिकासका लागि पहल गर्ने बताउदै जिल्लाका धार्मिक स्थलहरुको बिकासका लागि सम्बन्धित निकायमा समेत पहल गर्ने समेत बताउनु भएको छ ।

उहाँले मुलुकको आर्थिक समृद्धि र विकासमा नवलपरासीका उद्योगी ब्यवसायिहरुको ठूलो योगदान रहेको बताउँदै जिल्लामा औद्योगिक कोरिडोरको स्थापना र महेसपुर भन्सारको स्तर उन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

नवलपरासी  जिल्ला उद्योग व्यवसाय र पर्यटनको क्षेत्रमा निकै उर्वर जिल्ला  भएको हुँदा सरकारले यहाका उद्योगी व्यवसायिसँग मिलेर दीर्घकालिन योजना बनाएर अघि बढनु पर्ने बताउदै शान्तिका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको रामगा्रम स्तुप, बुद्धको मावली देवदह पण्डितपुर, दाउन्ने यसै जिल्लामा रहेकोले यसलाई बिश्वमा चिनाउन समेत आग्रह गर्नु भयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..