» » मधेश प्रदेशमा तीन जिल्ला मिलाउने सकस

–जयराम यादव
अहिलेको राजनीतिक विवादको केन्द्र विन्दु सिमांकन नै हो । प्रमुख तीन दलले जवर्जस्ती सात प्रदेश स्थापना गरेर लागु गर्ने प्रयास नगरेको होइन । तर, त्यसलाई मधेशवादी दलले निरन्तर विरोध गर्दै आएका छन् । पूर्वका ती जिल्ला झापा, सुनसरी र मोरर्ग तथा पश्चिमका कैलाली कञ्चनपुर गरी पाँच जिल्लालाई मधेश प्रदेशमा राख्नुपर्ने माग मधेशवादी दलले उठाउँदै आएका छन् तर सरोकारबाला पक्षले कानमा तेला हालेर बसेका छन् । झापा, मोरगं, सुनसरी जिल्ला दुई नम्बर प्रदेशमा मिलाउनुपर्छ भनि माग आजको होइन, पहिलो मधेश आन्दोलन देखि नै हो ।

 हामीले शुरुमा एक मधेश एक प्रदेशको माग राखेर मधेश आन्दोलन गरेका थियौं तर पछि थारुहरुले पनि छुट्टै प्रदेश चाहियो भन्न थालेपछि दुईटा प्रदेशको मागमा झर्र्यौ । झापादेखि कञ्चनपुरसम्म दुईटा प्रदेश हुनुपर्छ भने हाम्रो माग हो त्यस अन्तरर्गत अहिले दुई नम्बर प्रदेशमा यी तीनवटा जिल्ला मिलाउनुपर्छ भने हाम्रो प्रमुख माग हो ।

यदि पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरु निर्माण भइरहेका छन् भने यी तीन जिल्ला मधेश प्रदेशमा मिलउनुपर्ने मापदण्ड पुगिरहेको छ । ऐतिहासिक पहिचाहन, भूगोल, सँस्कृति रहनसहन सबै मधेशका हुन् । त्यसैले हाम्रो माग हो कि यी तीन जिल्ला मधेशमा मिल्नुपर्छ, मधेश प्रदेश प्रदेशमा जानुपर्छ भनिरहेका छौ । झापाबाहेक सुनसरी र मोरगंमा पहाडी भन्दा मधेशीको जनसँख्या बढी छन् । मोरगंमा झण्डै दशलाख जनसँख्या मध्ये ७० प्रतिशत मधेशीको सँख्या रहेका छन् । यसभन्दा बढी सुनसरीमा छन् । त्यही भएर यो मधेश प्रदेशमा मिल्नुपर्छ भने जोडदार आवाज उठिरहेको छ । यी तीन जिल्लालाई दुई प्रदेशमा मिल्न नदिनका लागि राजनीतिक खेल मात्र भइरहेका छन् ।

तीन दलमध्ये एमालेले यसमा बढी खेल्ने प्रयास गरेका छन् ।
मधेश प्रदेशकै लागि मोरगंमा मात्र नौजनाले सहादत दिएका छन् । पहिलो मधेश आन्दोलन जो एक मधेश एक प्रदेशका लागि भएको थियो त्यसमा ६ जनाले सहदालत दिएका थिए अहिलेको आन्दोलनमा तीनजनाले सहादत दिएका छन् । छुट्टै आन्दोलन त भएको छैन तर मधेशमा भएका तीनवटै आन्दोलनका मुख्य माग मधेश प्रदेश नै थियो ।

 मधेश आन्दोलनमा झापा, मोरगं र सुनसरीलाई मधेश प्रदेशमा मिलाउ भनि नारा नै लागेको थियो, यसको साक्षी विराटनगरका आन्दोलनकारीहरु छन् । यही नारा लगाउँदै आन्दोलनमा उत्रेका द्रोपदी देवी चौधरी, शिवु माझी, महादेव ऋषिदेव गरी तीनजनाले सहादत दिनु भएको हो । पहिलो मधेश आन्दोलन पनि एक मधेश एक प्रदेशका लािग भएको थियो भने यो दोस्रो आन्दोलन पनि मधेशमा दुई प्रदेशका लागि भएको हो । अरु माग त सकेण्डरी हुन् ।

हालसम्म आन्दोलन जारी छ । हामी जसरी पनि यी तीन जिल्लालाई मधेश प्रदेशमा मिलाउँछौ भनिरहेका छौ, हेरौ राज्यले कहिल्यैसम्म सुन्छन् । आन्दोलनका लागि यी तीन जिल्लाका जनता अझै तयार छन् । तर यी तीन जिल्लाका काँग्रेस, एमाले र माओवादीका नेताहरुले आफ्नो स्वार्थका कारण यसलाई एक नम्बर प्रदेशमै राख्न चाहन्छन्, किनभने यी तीन दलका नेताहरुको शासन, प्रशासन सबै आफ्नै हातमा छन्, जे षड्यन्त्र गर्न सक्छ । यद्यपी मधेश प्रदेशका लागि तीन जिल्लाका मधेशीहरु अझै बलिदान दिन तयार छन् ।

सविधानसभाको मत

षड्यन्त्र, साजिस, चाप्लुसीका अगाडी कसैको केही चल्दैन । पहिलो सविधानसभामा नौवटा क्षेत्रमध्ये चार क्षेत्रमा मधेशी जनअधिकार फोरम नेपाल जितेका थिए र त्यसैको बलमा झापा, सुनसरी र मोरगं समेतलाई राखेर मधेशप्रदेश बनाउनु पर्ने माग उठिरहेको थियो ।

राज्यलाई त्यही कुरा पचेन र पहिलो सविाधनसभा विघटन गरेर दोस्रो सविधानसभाको चुनाव गरयो जसमा तीन दलले मिलेर षड्यन्त्र गर्यो । षड्यन्त्रबाट नै मोरगं जिल्लामा एकजना पनि मधेश दलबाट जित्न दिएनन् र त्यही कारणले मधेशको यो अवस्था भएको हो । मधेशी जनताले मधेशवादी दललाई नै मत दिए तर त्यहाँ ठूलै षड्यन्त्र भएर मधेशीलाई हराउने काम भयो ।

चुनावमा नेपाल प्रहरीको सुरक्षा हुनुपर्ने ठाउँमा षड्यन्त्रकै लागि नेपाली सेना लगाएर चुनाव गराए । र, त्यही नेपाली सेनाका कारण चुनावमा धाँधली भयो र मधेशी दलका नेताहरुलाई हराउने काम भयो ।

चुनावी बुथहरुबाट सबै मतपेटिका सेनाले आफ्नो नियन्त्रणमा लिएर आफ्नो अनुकुल ठाउँमा मतगणना गराए । मतपेटिका लैजाने क्रममा बुथ एजेण्टलाई साथमा लिएनन् । बाटोमा घण्टौसम्म सेनाहरु मतपेटिका लिएर हराउँथे । बुथमा खसेको मत परिणाम काउण्टिगंको बेलामा मिल्दैन्थ्यो । मतपेटिका पनि हेरफेर भएको थियो । यही मोरगंको जनपत माविको पछाडी खाली मतपेटिका फ्यालेको अवस्थामा फेला परेको थियो ।

 त्यसका लागि हामीले आवाज उठाउँदा राज्यले भनियो यो त नमुना चुनावका लागि ल्याएको बाकस हो । नमुना चुनावका लागि ल्याइए पनि यसरी जथाभावी फ्याल्दैन होला । धाँधली भयो भने यस्ता सैयो उदाहरणहरु छन्, जसलाई राज्यले छानविन गरेनन् । अर्थात मधेश प्रदेशका लागि जुन आवाज उठिरहेको थियो त्यसलाई दवाउनका लागि नै यतिको षड्यन्त्र भयो । तर संसदमा अवाज कमजोर गरेपनि सडकको आवाज कमजोर गर्न सकेका छैन । र, सडकको आवाज झन बलियो भएर आएको छ ।

बसाई सराई
मोरगं जिल्लामा जति पनि पहाडीहरु आएका छन्, उहाँहरु यहाँ बसाई सराई गरी आउनु भएको हो । र, यो राजा महेन्द्रको षड्यन्त्रमा भएको हो । राणाकालमा दुईचार जना पहाडी मात्र थिए तर अहिल विस्तारै विस्तारै बढ्दै गएका छन् । अहिले पनि पहाडबाट पहाडी समुदायका व्यक्तिहरु मोरगंमा घरजग्गा लिएर बस्दैछन् । उहाँहरु मधेशका होइन, त्यसलै मधेशको बारेमा निर्णय गर्ने अधिकार उहाँहरुलाई छैन । तर यो होइन कि हामी उहाँहरुमाथि शासन गर्न चाहेका छौ । हामी उहाँहरुसँग मिलेर नै बस्न चाहन्छौ । मधेशीले पाउने अधिकार उहाँहरुले पनि पाउनु हुन्छ । उहाँहरुमाथि कुनै भेदभाव हु्ने छैन ।

 हुन त उहाँहरु कम सँख्यामा भएपनि यहाँका मधेशीमाथि शुरुदेखि नै शासन गर्नुभयो । राणाकालदेखि नै कुनै नकुनै बाहानामा मधेशीहरुलाई फुटाएर भएपनि शासक जस्तो व्यवहार उहाँहरुले गर्नुभयो तैपनि पनि हामीलाई कुनै गुनासो छैन । मधेश प्रदेशमा उहाँहरुलाई सम्मानका साथ राखेका छौ र भविष्यमा पनि राख्नेछौ ।

उहाँहरु पहाडबाट बसाई सराई गरेपनि शासन उहाँहरुले नै चलाए । थाना, प्रहरी, मुद्दा, मुकाविला लगाएर मधेशीहरुलाई फँसाएर आफ्नो काबुमा राखेर शासन गर्ने काम गरे । यहाँका चेतु चौधरी जस्ता धेरै जमिन्दाहरु थिए तर उहाँहरुलाई पहाडीहरुले बर्बाद पारि दिए । मधेशीको बाहुल्य क्षेत्र भएपनि माथि केन्द्रमा पहाडीको पहुँच भएका कारण मधेशीमाथि शासन गरेको कारण मन कहिल्यै मिलेन ।

विकल्प 

यदि यी तीन जिल्ला मधेश प्रदेशमा मिलाउन सकिदैन भने मधेशी बेल्ट र पहाडी बेल्ट छुट्याई दिनुपर्छ । मधेशीको बाहुल्य रहेको क्षेत्र मधेश प्रदेशमा र पहाडी बाहुल्य रहेको क्षेत्र पहाडी क्षेत्रमा राख्दा पनि हुन्छ । र, यो बिकल्प तीनटै जिल्लामा लागु हुनसक्छ । खासगरि महेन्द्र राजमार्गको उत्तरी भाग पहाडी क्षेत्रमा मिलाउँदा हुन्छ ।

 मोरगंका उत्तरीबेल्टका गाविसहरु सिँहदेवी, जाँते, याङसिला, पाटीगाउँ, वारङगी, रमितेखोला, टाँडी, मधुमलालगायत गाउँहरुलाई पहाडी क्षेत्रमा राख्दा हुन्छ त्यसयता तलका मधेशी बेल्टका गाविसहरु मधेश प्रदेशमा राख्दा हुन्छ । यहाँ सात नगरपालिका, एक उपमहानगरपालिका र ५२ गाविस रहेका छन् । उपमहानगरपालिका र रंगेली नगरपालिकामा मधेशीको बाहुल्य छ भने बाँकी नगरपालिकाहरुमा मिश्रित बासोबास रहेका छन् । ५२ गाविसमध्ये ४० गाविसमा मधेशीको बाहुल्य रहेको छ ।

झापा, मोरगं, सुनसरी, सिरहा र उदयपुरलाई एउटा प्रदेश बनाएर समस्या समाधान खोज्ने उपायहरु भइरहेका छन् त्यसलाई हामी कदापी स्वीकार गर्दैनौ । प्रदेश सँख्या थपेर समस्याको समाधान हुँदैन । बरु कम प्रदेश राखेर त्यसमै समाधान खोज्नुपर्छ ।

अघि भनेका थिए नि कि मधेश र पहाडको कलस्टर छुट्याई दिनुपर्छ त्यो एउटा विकल्प हुनसक्छ नभए यी तीन जिल्लालाई एउटा छुट्टै प्रदेश बनाई दिए पनि हुन्छ किनभने पहाडमा पाँचलाख सातलाख जनसँख्या भएकालाई एउटा प्रदेश बनाउन सकिन्छ भने यी तीन जिल्लालाई किन बनाउन सकिदैन तर अन्तिम विकल्प हो, कहि कुरा मिल्दैन भने यो विकल्पमा कुरा गर्न सकिन्छ तर सिरहा र उदयपुरलाई ट्क्राएर यी तीन जिल्लामा मिलाएर प्रदेश मिलाउन पाइदैन । यो मधेशलाई तोड्ने षड्यन्त्र हो ।
(जयराम यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..