» » आइजीपी आर्यालकै गाउँमा जनतान्त्रिकले गराए बम विस्फोट


सिरहा, मंसिर २३ गते । नेपाली गुलामीको २०० औं वर्षका दिनलाई ‘कालो दिन’ घोषणा गर्दै आज गरिएको ‘तराई बन्द’का क्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सिरहामा कुकर प्रेस बम विष्फोट गराएको छ ।

नेपाल प्रहरीका प्रमुख आई.जी.पी. उपेन्द्रकान्त अर्यालको गृंह गाउँ सिरहा जिल्लाको मिर्चैया स्थित शीला पेट्रोल पम्प नजिक विहान २ बजेर १७ मिनेटमा बम विष्फोट गराएको मोर्चा केन्द्रीय संयोजक जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका े न्यूज टुडेमा उल्लेख छ ।

उक्त विष्फोटबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

एक साता अघि मात्र मोर्चाका कार्यकर्ता सप्तरी जिल्ला प्रशासन कार्यालयमा समेत बम राखेका थिए । उक्त बम निष्क्रिय पार्ने क्रममा पड्किँदा चार जना सुरक्षाकर्मी घाइते भएका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..