» » उखुका किसान आन्दोलित


महोत्तरी, पुस २ गते । उखु किसानले उखुको उचित मूल्य नपाएको भन्दै उखु उत्पादक संघ रामनगर महोत्तरीले आजदेखि आन्दोलन शुरु गरेको छ ।

छ बुँदे माग राखि शुरु गरिएको आन्दोलनमा उखु किसानहरुको सहभागिता रहेको आन्दोलनमा सहभागि सहमहासचिव देवेन्द्र यादवले बताए ।

चीन कारखाना रामनगर र जनकपुरको विरुद्धमा आन्दोलन गर्नुअघि मंसिर १८ गते विभिन्न माग राखि ज्ञापनपत्र बुझाएको थियो तर ज्ञापनपत्रका वेवास्ता गर्दै कारखाना सञ्चालन गरेको थाह पाएर आन्दोलनमा उत्रिएको बताइएको छ ।

कारखाना ठप्प हुने गरी आन्दोलन शुरु भएको छ ।

किसानहरुले उत्पादन गरेको उजुको मूल्य प्रति क्वीन्टल ६०१ रुपियाँ हुनुपर्ने माग गरेको छ ।

कारखानाले खरिद गरेको उखुको मूल्य भुक्तानी तौल भएको मितिदेखि १५ दिनभित्र दिनुपर्ने र तोकिएको अवधिमा भुक्तानी नदिएपछि ५० प्रतिशत पेश्की दिनुपर्ने किसानहरुले माग गरेको छ । चुनी वजन गर्ने काँटा लिएर उखु तौल गर्नुपर्ने नभए छुट्टै धर्मकाँटा राख्नुपर्ने माग गरेको छ ।

कारखानाबाट निस्किेन प्रदुषणलाई नियन्त्रण गर्नुपर्ने, उखु बोकेर हिड्ने सडकको खाल्डा खुल्डी मर्मत गर्नुपर्ने लगायतका माग रहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..