» » जितेन्द्र सोनलले भन्नुभयो, सविधान संशोधनको प्रस्ताव परिमार्जन नभए देशमा विद्रोह हुन्छ


विराटनगर मंसिर १६ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले यो संविधान संशोधनले मधेशको समस्या समाधान नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, यो सविधान संशोधन ‘गाँजर’ का बासुरी जस्तै हो ।

विराटनगरमा आज तमलोपा मोरगंद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव सोनलले भन्नुभयो, ‘गाँजरको बसुरी, मन लाग्यो भने खाउ, नभए बजाउ जस्तै यो सविधान संशोधन भएको छ ।’

उहाँले मधेशी मोर्चासँग केही महिना पहिलो भएको तीन बुँदै सम्झौता अनुसार यो सविधान संशोधनको प्रस्ताव नआएकाले त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । यो सविधान संशोधन प्रस्ताव परिमार्जन नभए देशमा विद्रोह हुने उहाँले चेतावनी दिनुभयो ।

यो सविधान संशोधन प्रस्तावलाई परिमार्जन नगरे मधेशमा जे पनि हुन सक्ने चेतावनी दिँदै उहाँले राज्यपुनःसंरचना आयोगले ल्याएको १० प्रदेशको प्रस्ताव अनुसार सिमांकन हुनुपर्ने थियो तर तीन दलले मिलेर बेइमानी गरेको आरोप लगाउनुभयो ।

नागरिकताको बारेमा पनि मधेशीसँग धोका भएको भएको बताउँदै उहाँले अगिंकृत नागरिकताको विषयमा आफूहरुको माग नरहेपनि विदेशी महिलाको हकमा वंशजको अधिकार दिनुपर्ने बताउनुभयो । विदेशबाट विवाह गरेर आएपछि उहाँलाई अंगिकृत होइन, वंशजको अधिकार दिनुपर्ने उल्लेख गर्दै उहाँले यसलाई सच्याउन माग गर्नुभयो ।

मधेशमा दुई प्रदेश हुनुपर्ने हाम्रो जोडदार माग थियो तर तीन दलले त्यसलाई इगनोर गरेको छ, उहाँले भन्नुभयो, तीन बुँदे सम्झौता गरेर यो सरकार निर्माण भएको हो तर सविधान संशोधन प्रस्ताव लग्दा हामीसँग कुनै सल्लाह गरिएन, त्यो दुखद कुरा हो ।’

पत्रकार सम्मेलनमा तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रा, फ्रन्टका महासचिव ओमलोक सिह, तमलोपा मोरगंका जिल्ला अध्यक्ष मोहम्मद कादिरका पनि उपस्थिति थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..