» » पार्टीमा भाँडभैलोः गच्छदारले बोलाए बैठक


काठमाडौ पुस १२ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मा भाँडभैलो शुरु भएको छ ।

सो पार्टीबाट एकएक गरि नेताहरुले पार्टी छाड्न थालेपछि पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आज १२ः३० बजे बैठक बोलाउनु भएको छ ।

तीनकुनेस्थित पार्टी कार्यालयमा सांसदहरुसहित राजनीतिक समितिको बैठकमा नेताहरुले पार्टी छाडेको विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी, पर्सा जिल्लाका अध्यक्ष शशीकपुर मियाँ र पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारुलगायतले पार्टी छाडि सकेका छन् ।

दानबहादुर चौधरी नयाँ शक्तिमा जानु भएको छ भने मियाँ तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नुभएको छ । जेलमा रहेका थारुले समान्य जिवन विताउने र कुनै पार्टीमा नजाने घोषणा गर्नुभएको छ ।

पार्टीका अध्यक्षको कृयाकलापा तथा राजनीतिकमा अडान नलिएको कारणले नेताहरुको असन्तुष्टि बढ्दै गएको छ । अरु नेताहरु पनि पार्टी छाड्ने तयारीमा रहेका छन् । यसअघि मृगेन्द्र यादवलगायतका नेताहरु पार्टी छाडिसक्नु भएको छ ।



पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव पनि पार्टीको सम्पर्कमा छैन । उपाध्यक्ष यादव आफ्नो गृह जिल्ला सर्लाहीमा गएर बस्नु भएको छ ।

आजको बैठकमा पनि उनी उपस्थित रहने छैन ।

अध्यक्ष गच्छदारले उपाध्यक्ष यादवलाई बैठकमा आउन खबर गर्नुभएको थियो । तर यादवले बैठकमा आउन अस्वीकार गरेको स्रोतले जनाएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..