» » जग्गा कब्जा गरिदा यादव परिवारको बिचल्ली


कपिलवस्तु, पुस १ गते । छिमेकीहरुले खेतमा धानबाली काटेर गहुँ, तोरी र केराउ छरेको पनि महिनौ हुन थाल्यो । छिमेकीले हिउदेबाली एक पटक सिचाई समेत गरि सके । तर कपिलवस्तु जिल्ला फुलिका गाबिस ९ अतरपरिका हरिराम अहिरको परिवारले आफनै खेतमा रोपेको धानबाली अझै काट्न पाउनु भएको छैन ।

उहाँको परिवारले रोपेको धान समेत अरुले नै काटेर लगेका छन् भने अन्य धान खेत कब्जा गरिएपछि यादवको परिवार ईन्तु न चिन्तु भएको छ । आफ्नै नातेदारले पटक पटक पुनराबेदन अदालत र सर्वोच्च अदालतमा फैसला बदरको मुद्दा आप्mनै पक्षमा निर्णय भए पनि काँग्रेसका केन्द्रिय र स्थानिय नेताको संरक्षण पाएका हजारी यादवको परिवारले जग्गा कब्जा गरिदिदा उहाँले आफैले लगाएको धानबाली काट्न पाउनु भएको छैन ।

सो बिषयमा प्रहरीमा उजुरी दिए पनि न्याय सम्पादनमा ढिलाई हुँदा उहाँको परिवारको बिचल्ली भएको छ । बिगतमा बि.स.२०३९ सालमा अंशबण्डा भए पनि पुनः अंश पाउने मुद्दा दिएर पटक पटक मुद्दा हारेका हजारी यादवको परिवारले बलजफतीले जग्गा कब्जा गर्दा हरिरामको परिवार समस्यामा परेको हो ।

सम्मानित जिल्ला अदालत, पुनराबेदन अदालत र सर्बोच्च अदालतले समेत आफनै पक्षमा निर्णय गरेको भएपनि आफ्नै जग्गा हकभोग गर्न नपाएपछि उहाँको परिवारले कानुनी राज्यको उपहास भएको अनुभुती गरेको छ ।

आफूहरुले यसवर्ष लगाएको धानखेतलाई सार्वजनिक जग्गा भन्दै हजारी यादवको परिवारले एक ठाँउको धान काटेर लगेको र अर्को खेतको धान काटनै नदिएको उहाँले बताउनुभयो । “अरुले गहुँ र तोरी लगाएर सिचाई समेत गरि सके मेरो खेतको धान खेतमै छ । अर्को खेतको धान उनीहरुले जबरजस्ती काटेर लगे” हरिरामले निराश हुँदै भन्नुभयो ।

हाल फुलिका ९ मा रहेको साबिकको चौधहवा  ९ को कित्ता नम्बर ३५७ को ८ कठ्ठा १ धुरमा लगाईएको गोरखनाथ जातको धान हजारी यादव, उहाँका छोरा बलीराम यादव, भाइ विजय बहादुर यादव, भतिजा दुब्बे यादव र परिवारका चार महिलाले मिलेर काटेर लगेको उहाँले गुनासो गर्नुभयो । त्यसैगरि सोही स्थानमा रहेको कित्ता नम्बर ३ सय ७३ को ८ कठ्ठा बढी जग्गामा लगाईएको धान खेतमै रहेको उहाँले बताउनुभयो ।

धान काटेर दाइ हाल्न लादै मंसिर २२ गते आप्mनी कान्छी बुहारी सुनिता यादवले रोक्न खोजेपछि उनलाई कुटपिट गरिएको समेत उहाँले गुनासो गर्नुभयो । “आफनो खेतको धान काटेर लगेपछि परिवार बिचल्लीमा पर्छन भनेर रोक्न गएकी थिए । मलाई र मेरा श्रीमानलाई सबैले मिलेर कुटपिट गरे ।” हरेरामकी कान्छी बुहारी सुनिताले भन्नुभयो ।

आफनो परिवारलाई अन्यायमा पारिएको र बुहारीलाई कुटपिट गरिएको बिषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पाँचजना बिरुद्ध लिखित उजुरी दर्ता गरे पनि कारवाही नभएको भन्दै उहाँले गुनासो गर्नुभयो । सोही क्षेत्रका सांसद अतहर कमाल, काँग्रेसका महाधिबेशन प्रतिनिधी मेवालाल यादव र काँग्रेसका नेता सुकदेव तिवारीको संरक्षणमा हजारीको परिवारले आफूहरु माथी थिचोमिचो गरेको हरिरामका जेठा छोरा राजेन्द्र अहिरले आरोप लगाउनुभयो ।

“उनीहरुको ठूलो परिवार छ । हामी सानो परिवारका छौ त्यसैले नेताहरुले समेत भोटका लागी उनीहरुलाई नै संरक्षण गरेका छन ।” राजेन्द्रले थप्नुभयो । काँग्रेस नेताहरुको दबावकै कारण प्रहरीले समेत आफुहरुलाई न्याय दिन समय लगाएको बताउदै नेताहरुले प्रहरी अधिकारीहरुलाई समेत दबाव दिदै आएको उहाँले बताउनुभयो ।

“देशमा सबै भन्दा ठुलो शक्ति कानुन भए पनि कानुनले दिएको अधिकार उपभोग गर्न नपाउदा समस्यामा परेका छौ ।” उहाँले दुखी हुदै भन्नुभयो ।

यस अघि बि.स. २०४३  अषाढ २३ गते पश्चिमाञ्चल क्षेत्रिय अदालतले पहिल्यै अंश बाडफाड भएकाले बादी दाबी पुग्न नसक्ने निर्णयलाई सम्मानित सर्बाेच्च अदालतले समेत सदर गरेको देखिन आएको छ । बि.स. २०४५ भाद्र २१ गते सम्मानित सर्बोच्च अदालतका माननिय न्यायाधिस बव्धर प्रसाद सिंह र पृथ्वी बहादुर सिंहको संयुक्त ईजलासले बादी पियारे अहिरले प्रतिबादी सुनरा अहिरीन र उहाँका छोरा हरिराम अहिर बिरुद्ध दिएको अंश मुद्दामा २०३९ सालमै अंशबाड फाड भएकाले बादी दाबी पुग्न नसक्ने ठहर गरेको थियो ।

सो अनुसार अंश दावी सर्बोच्चले खारेज गरेपछि पुनः पुजारी अहिरका छोरा हजारी अहिर बादी भइ हरिराम अहिर समेतका व्यक्तिलाई प्रतिबादी बनाई कपिलवस्तु जिल्ला अदालतमा दिएको मुद्दा उपर  कपिलवस्तु जिल्ला अदालतका जिल्ला न्यायाधिस रामकृष्ण भट्टले बिस २०५९ अशोज २ गते हजारी यादवको अंश हक कायमको मुद्दालाई फैसला बदरको निर्णय सुनाएको थियो ।

पुनः बिस २०७१ सालमा पुजारीका छोरा हजारी अहिरले हरिराम यादव, राजेन्द्र यादव, प्रभावती अहिरीन, गोबिन्द अहिर र भाई पुजारी अहिरलाई प्रतिवादी बनाई जिल्ला अदालतको निर्णय उल्टयाई अंशहक कायम गरिदिन पुनराबेदन अदालतमा मुद्दा दिएका थिए ।

कपिलवस्तु जिल्ला अदालतको निर्णय उल्टयाउन माग गरि निर्णय उपर पुनराबेदन गरेका हजारीको सोही मुद्दालाई बि.स. २०७२ आषाढ २० गते पुनराबेदन अदालतका मुख्य न्यायाधिस सारदा प्रसाद घिमिरे र न्यायाधिस अब्दुल अजिज मुसलमानको संयुक्त ईजलासले कपिलवस्तु जिल्ला अदालतले गरेको फैसला सदर गर्दै फैसला उल्टी गरि पाउ भन्ने बादी हजारी अहिरले दिएको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिएको ठहर गरेको थियो ।

पछिल्लो पटक पुनराबेदन अदालत बुटवलले हरिामकै पक्षमा निर्णय गरेको भए पनि जग्गा उपभोग गर्न नपाउदा अदालतको निर्णयको समेत अपमान भएको हरिरामले जिकिर गर्नुभयो । सो बिषयमा प्रतिक्रिया लिदा प्रहरी उपरिक्षक भोजजंग शाहले सो बिषयको उजुरी प्रहरीमा आएकाले आवश्यक कारवाही अगाडी बढाईएको बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..