» » अब हुने बैठकमा संशोधन प्रस्ताव अघि बढाइने


काठमाडौँ, पुस २ गते । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको प्रक्रिया अघि बढाइने भएको छ ।

उक्त प्रस्तावबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

पुस ४ गतेसम्म सहमतिका लागि सक्दो पहल गर्ने र सहमति नभएको खण्डमा सोही दिन व्यवस्थापिका–संसद्मा संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउने निर्णय भएको नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

“यदि ९एमाले०को संविधान संशोधनप्रति विरोध हो, असहमति छ भने संसदीय प्रक्रियामा आएर सरकारले दर्ता गरेको प्रस्तावलाई संसदीय प्रक्रियाद्वारा नै पारित हुन नदिन सक्छ, तर संसद्लाई अनिर्णयको बन्दी बनाएर सिङ्गो देशलाई नै अनिर्णयको बन्दी बनाउने, संविधान कार्यान्वयन प्रक्रियामा अवरोध खडा गर्ने कुरा जिम्मेवार प्रतिपक्षले गर्नु हुँदैन” – नेकपा ९माओवादी केन्द्र० का प्रवक्ता पम्फा भुसालले बैठकपछि भन्नुभयो ।

संसद्मा दर्ता भएको प्रस्तावलाई परिमार्जन गर्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाको मागलाई पनि संसद् सञ्चालन भएपछि सम्बोधन गर्नेबारेसमेत छलफल भएको उहाँको भनाइ थियो ।

बैठकमा जतिसक्दो चाँडो संसद् सञ्चालन गर्न नेकपा ९एमाले०सँग वार्ता गर्नेबारे र स्थानीय निकायको निर्वाचनबारेसमेत छलफल भएको प्रवक्ता भुसालले बताउनुभयो ।

“प्रधानमन्त्रीले यो संविधान संशोधन प्रस्ताव फिर्ता हँुदैन र थाती पनि रहँदैन, अगाडि बढ्छ भन्नुभएको छ र मधेसी मोर्चाले राखेको संशोधनमाथिको परिमार्जनमा पनि प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको छ, परिमार्जन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ, सरकारले ल्याएको संशोधन प्रस्तावलाई पारित गर्ने नैतिक जिम्मेवारी सबैलाई हुन्छ” –राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले भन्नुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..