» » नेपाली नागरिकता लिएको भन्दै बंगालदेशीमाथि कारवाही अगाडी बढ्यो

सर्लाही, पुस १० गते । सर्लाही प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा बंगलादेशी नागरिकलाई कारबाही प्रकृया अगाडी बढाएको छ ।

सर्लाहीको मधुवनगोठ गाविस–८ निवासी मो. रुकटुव हुसेनलाई बुबा बनाई वंशजको नेपाली नागरिकता लिएको आरोपमा बंगलादेशी नागरिक मो. बेलाल हुसेनलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिताराम रिजालले  जानकारी दिनुभयो ।

 बेलालले रकटुवलाई बुबा बनाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट २०६१ साल बैशाख ६ गते नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ ।

बंगलादेशी नागरिक बेलाल नेपाली राहदानीको आधारमा साउदी अरब पुगेर पुनः नेपाल फर्कने क्रममा गत असोज ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीको नियन्त्रणमा परेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट २ महिनाको कैद सजाय काटेपछि अध्यागमन विभागले पुनः बेलाललाई नागरिकता किर्ते मुद्दामा कारबाही प्रकृयाका लागि हिजो सर्लाही प्रहरीमा पठाएको थियो ।

बेलाललाई नागरिकता किर्ते मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको र नागरिकता बनाउन सहयोग गर्ने अन्य मानिसहरुको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..