» » जितेन्द्र सोनलको चेतावनीः मधेशबाट एमालेलाई समाप्त पार्न अभियान चलाउने


वीरगन्ज , पुस ८ गते । तरार्इ मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधन प्रस्तावमा एमालेले सहयोग नगरे मधेशसबाट एमालेको पत्ता साफ हुने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, मधेशबाट एमालेलाई समाप्त पार्नका लागि अभियान नै चलाउने छौ ।

बाराको प्रस्टोका गाविसको हरपुरमा आज तमलोपाले आयोजना गरेको सदस्यता वितरण कार्यक्रममा महामन्त्री सोनलले भन्नु भयो , संशोधन प्रस्ताव पारित गराउन एमालेले समर्थन र सहयोग गरेन भने तमलोपाले मधेसका घर घरबाट एमालेलाइ समाप्त पार्न अभियान नै चलाउँछ ।

एमालेको बालहठका कारण नै मुलुकमा द्धन्द्ध निम्तिने खतरा रहेको रहेको उहाले बताउनु भयो ।

एमालेकै कारण संविधान संशोधन प्रस्ताव संस्दमा अल्झिएको भन्दै महामन्त्री सोनलले नक्कली राष्ट्रवादको खोल ओढेर मुलुकलाइ बर्बाद पार्न खेलमा एमाले लागेको आरोप पनि लगाउनु भयो ।

मुलुकमा जातीय र साम्प्रदायिक द्धन्द्ध भए त्यसको सम्पूूर्ण जिम्मेवारी एमालेले नै लिनु पर्ने उहाले बताउनु भयो । संविधान संशाधेन गरि मधेसको माग सम्बोधन नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने भन्दै महामन्त्री सोनलले सबै दल एकजुट भएर संविधान संशोधनको प्रकृयामा लाग्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा काँग्रेस, एमाले , फोरम नेपाल लगायतका पार्टी परित्याग गरि तमलोपामा प्रवेश गरेका चार सय २५ जनालाइ महामन्त्री सोनलले सदस्यता वितरण गर्नु भएको थियो ।

तमलोपाका स्थानीय नेता अशोक साहको अध्यक्षतामा भएको कार्यक्रममा तराइ मधेस विधार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादव , तराइ मधेस दलित उत्थान मन्चका नन्दु राम , तमलोपाका क्षेत्रीय सदस्य विन्दु साह तेली , विकास यादव लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..