» » एमालेको आन्दोलन कसको इशारामा ?

काठमाडौ मंसिर २३ गते । मधेशवादी दलले आन्दोलन गर्दा एमालेले भारतको इशारामा आन्दोलन भइरहेको आरोप लगाएका थिए तर अहिले त्यही दलले आन्दोलन गरिरहेका छन् यो कसको इशारामा भइरहेको छ भनि प्रश्न मधेशवादी दलका नेताहरुले गरिरहनु भएको छ ।

अरुले गर्दा राष्ट्रघाती आफूले गर्दा राष्ट्रवादी हेर्ने एमालेको यो नीतिको अहिले चारैतिर विरोध भइरहेको छ । सरकारका प्रमुख प्रतिपक्षि दलका रुपमा रहेका एमालले अहिले सबै कुरामा भारतको हात हेर्ने गरेको छ । तराई मधेश सद्भावना पार्टीका प्रवक्ता सत्यनारायण मण्डलले एमालेले अहिले गरिरहेको आन्दोलनको औचित्य पुष्टि गर्नेपर्ने माग गर्नुभयो ।

हामीले आन्दोलन गर्दा भारतको इशारामा गरेको भन्ने एमालेले अहिले कसको इशारामा आन्दोलन गरिरहेको छ, त्यसको जवाफ दिनुपर्छ, उहाँले भन्नुभयो, एमालेले आफ्नो बलबुत्तामा आन्दोलन गरेको छैन भने कुरा पुष्टि हुन्छ, किनभने अहिलेको जुन संशोधन प्रस्ताव आएको छ त्यो एमाले र काँग्रेसको प्रस्ताव हो, ती दलले नै पहिला प्रस्ताव ल्याएको त्यसलाई हामीले अस्वीकार गरेका थियौं तर आज सोही प्रस्ताव आउँदा त्यसमा भारतको हात हेर्ने एमालेले त्यसबेला कसको इशारामा त्यो प्रस्ताव ल्याएको थियो पुष्टि गर्नुपर्छ नत्र एमालेमाथि लाग्दै आएको राष्ट्रघातीको आरोप झन पुष्टि हुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..