» » मधेशी मोर्चा आन्दोलितः पुस १८ गते खबरदारीसभा (हेर्नुस् भिडियो)


काठमाडौ पुस १५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न मधेशका जिल्लाहरुमा दवाव आन्दोलन गर्ने भएको छ ।

मोर्चाले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्न दवाव दिने भन्दै सोमबार मधेशका जिल्ला सदरमुकाममा खबरदारी विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

तीन ठूला दल स्थानीय तहको निर्वाचनमा जान एकठाउँ उभिएपछि मोर्चाले  पत्रकार सम्मेलन गरी त्यसको प्रतिरोधमा खबरदारी विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्नु हुँदै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गराउन खबरदारी गर्नु परेको बताउनुभयो । अध्यक्ष ठाकुरले भन्नुभयो–‘यथास्थितिमा निर्वाचनमा गए मान्य हुँदैन ।’

त्यस्तै मोर्चाको विहिबार र शुक्रबार बसेको बैठकले संविधान संशोधनसहित पारित गर्नुपर्ने बेलामा तीन ठूला दल निर्वाचनमा जान सहमत भएको भन्दै त्यसको विरोधमा सोमबार १ बजे मधेशका जिल्ला सदरमुकाममा खवरदारी विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन पनि अस्विकार गर्ने भएको छ ।

प्रदेश सभाले गर्ने काम आयोगले गर्नु असंवैधानिक कदम हुने भन्दै त्यसलाई स्विकार गर्न नसकिने मोर्चाले निष्कर्ष निकालेको तमलोपा अध्यक्ष महन्त ठाकुरले बताउनुभयो ।

मोर्चाले एमालेले संविधान संशोधन प्रस्तावको विरोध गरेर सम्पूर्ण मधेशी, जनजाति आदिवासीलगायतका समुदाय विरुद्ध उभिएको भन्दै आक्रोश व्यक्त गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जन नभई निर्वाचनमा गए मुलुक द्धन्द्धमा फस्ने चेतावनी दिँदै आएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..