» » जितेन्द्र सोनलले भन्नुभयो, हाम्रो पहिलो शर्त सविधान संशोधन नै हो


काठमाडौं, पुुस ४ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर असुहाउँदो काम गरिरहेको आरोप लगाउनु भयो ।

एमालेले पश्चगामी कदम चालेको आरोप लगाउँदै उहाँले एमालेले ०४८ सालमा ५७ औं पटक संसद अवरुद्ध गरेको ईतिहास छ, अहिलेपनि एमाले त्यही बाटोमा जाने हो कि भन्ने भान भइरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन नभएसम्म यो संविधान कार्यान्वयन नहुन नसक्ने बताउँदै मुलुकको समृद्धिको लागि पनि यो संविधान संशोधन हुनुपर्ने उल्लेख गर्नुभयो । मधेशवादी दलपनि चुनावको पक्षमा रहेको छ, तर पहिलो शर्त संविधान संशोधन नै रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल एमालेले पनि यो राष्ट्रको जिम्मेवार पार्टी भएकाले यसलाई भित्तामा पुर्याउने आफूहरुको चाहना नभएको स्पष्ट पार्दै एमालेले अहिले भोटको राजनीतिक गरिरहेको आरोप लगाउनुभयो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले निर्वाचनसम्बन्धी विद्येयक,

महाअभियोगको प्रस्ताव र संविधान संशोधन प्रस्तावमा प्याकेजमै सहमति कायम गर्नेगरि दलहरुवीच प्रयास भैरहेको खुलासा गर्नुभयो ।

मन्त्री नायकले सरकारले निर्वाचनसम्बन्धी विद्येयक, महाअभियोगको प्रस्ताव, संविधान संशोधन विद्येयकमा प्रमुख प्रतिपक्षी दल एमाले लगायतका विपक्षी दलहरुसँग प्याकेजमै सहमति गर्ने प्रयास
गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘सरकार जबरजस्ती गर्ने पक्षमा छैन, एकलौटी ढंगले अघि बढ्न चाहेको छैन, हामी त
सहमतिका साथ अघि बढ्न चाहन्छौं ।’ उहाँले आगामी पुस ७ गते बस्ने संसद बैठकमा यी विषयमा प्याकेजमै सहमति कायम गरेर प्रस्ताव टेबुल गर्ने जानकारी दिनुभयो ।

मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेर आफूलाई राष्ट्रिय पार्टीको भूमिकाबाट पन्छाईरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले राष्ट्रिय पार्टी त हो, तर उसको भूमिका हेर्दा अहिले कता कता शंका लागेर आउँछ, कि एमाले साँच्चिकै राष्ट्रिय पार्टी हो त ? भनेर, एमालेको भूमिकाले कतै राष्ट्रलाई डुबाउन त खोजेको छैन भनेर मलाई आंशका लागेको छ ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..