» » तीन दलका नेता पूर्वराजाका चट्टा बट्टा

जनकपुर पुस ११ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्रलालले मधेशको आन्दोलन र मधेशी जनताको बराबरीको मागसँग त्रसित भएर शासकहरु आफ्ना मालिक पूर्व राजाकोमा जान थालेको आरोप लगाउनु भएको छ ।

हिजो धनुषा क्षेत्र २ को तीनकोरिया पाकड़ चौकमा जगदीश मणडलको अध्यक्षतामा तमलोपा सदस्यता अभियान अन्तर्गत आयोजित लोकसभामा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

उपाध्यक्ष लालले भन्नु भयो –“ मुखले जे भने पनि शासकहरु संविधानसभाबाट संविधान चाहँदैचाहँदैनथ्ये । १६ षडयन्त्री सूत्र बनाई संविधान फास्ट ट्रैकमा बनाउनु, लाद्नु, मधेशी जनतालाई अन्धाधुन्ध मार्नु, संविधान स्वीकार्य नबनाई अराजकता फैलाउन लाग्नु, पूर्व राजाको अरण्य रोदन, ५ विकास क्षेत्रको कुरा आउनु यी सबैबाट यी दलहरु पूर्व राजाका चट्टा बट्टा भएको प्रमाणित गर्दछ ।“

उहाँले अगाडि भन्नु भयो –“मधेशको माग पूरा गर्दै सच्चा गणतन्त्रवादीहरु एकजूट हुनु पर्दछ । एमाले र उनका नेता केपी ओली देशमा राजतन्त्र फर्काउन  वातावरण बनाउन बितण्डा मचाइरहेका छन् । तर उनको षडयन्त्र सफल हुने छैन । मधेशी गणतन्त्रवादी हुन्, गणतन्त्र रक्षार्थ सहयोग गर्छन् । होइन भने आफ्नो गणतन्त्र स्थापना गरेर स्वाभिमानसाथ बाँच्छन् । अधिकारसंग सम्झौता भने हुँदैन ।

“काँग्रेस, एमाले, माओवादीकेन्द्रमा बस्नु अब मधेश आन्दोलन र शहादतको अपमान गर्नु हो उहाँहाँको भनाई थियो ।

आज बफै, बेलापट्टीका सयौं  काँग्रेस, एमाले, माओवादीकेन्द्रका कार्यकर्ताहरु तमलोपामा प्रवेश गरेका छन् । कार्यक्रमलाई तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साह, संजय साह, भोला झा, इन्द्रनारायण मण्डल, बिमला साहले सम्वोधन गरेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..