» » एक युवतीको शङ्कास्पद मृत्यु

इनरुवा, मङ्सिर २१ गते । सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् ।

फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन् । घाँटीमा सल बेरिरहेको अवस्थमा शव फेला परेका कारण आफँै मरेको वा कसैले मारेको हो, त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..