» » महन्थ र बाबुरामले प्रचण्डलाई भेट्दै

काठमाडौ पुस १ गते ।  हिजै मात्र संयुक्त आन्दोलनको गर्ने सहमति गरेका मधेशी मोर्चाका नेता महन्थ ठाकुर र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई अहिले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै हुनुहुन्छ ।

सविधान संशोधन तथा चुनावको बारेमा तीन दल तथा सरकारको धारणा बुझ्न दुवैजना प्रचण्डलाई भेट्नु बालुवाटार पुग्नु भएको अध्यक्ष ठाकुरका सहयोगी सतेन्द्र मिश्रले जानकारी गराउनु भयो ।

हिजो एकजनाको नीजि निवासमा मधेशी मोर्चाका नेता र र संयोजक भट्टराईबीच गोप्य छलफल भएको थियो ।

यथास्थितिमा चुनाव गराउने तथा सविधान संशोधन प्रस्ताव पारित गर्नमा ढिलाई गरेको आरोप लगाउँदै दुवै पक्षले प्रधानमन्त्री प्रचण्डसँग त्यसको विषयमा यथार्थ जानकारी लिने तय भएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..