» » एकीकृत नमुना मुसहर वस्ती निर्माण गनै आजै उठ्यो १५ हजार रुपियाँ


धनवीर महतो
महोत्तरी, पुस ९ गते । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत नमुना मुसहर वस्तीमा सहयोग गर्नका लागि महोत्तरीको तरकारी खेती गर्ने किसानहरु आर्थिक सहयोग गर्ने कार्यमा जुटेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पशुपतिनगरस्थित जनजागृति सामुदायिक संस्थाको अगुवाईमा त्यहाँका तरकारी खेती गर्ने किसानहरु आर्थिक रकम संकलन गर्ने अभियानमा जुटेका हुन् ।

उनीहरुले स्थानिय सुरज सिंहको नेतृत्वमा ११ सदस्यीय समिती बनाएर आज एकै दिनमा १५ हजार रुपैयाँ सहयोगस्वरुप आर्थिक रकम संकलन गरेको समितीका सदस्य अमृत कुमार महतोले जानकारी दिनुभयो ।

स्थानिय किसानहरु बजारमा तरकारी बेचेर ल्याएको रकम सो समुदायको कोषमा जम्मा गरेको महतोले बताउनुभयो ।

त्यस्तै भोली (आईतबार) वर्दिवासस्थित सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारीहरुको बैठक बसि एक समिती बनाएर आर्थिक सहयोग संकलन अभियानमा जुटने तयारी गरेको समाजिक अभियन्ता एवम पत्रकार राजकरण महतोले जानकारी दिनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिने सो एकीकृत नमुना बस्ती केही दिन पहिले मात्र घोषणा गरेको थियो । अतिपिछिडिएको दलित समुदाय मुसहरवस्तीमा सो नुमना वस्ती निर्माण हुने भएपछि यस कार्यको स्वागत एवम प्रसंशा यहाँका हरेक स्थानमा सुन्ने गरिन्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..