» » धनगढीदेखि अत्तरिया चोकसम्म छ लेनको सडक


धनगढी, मङ्सिर ३० गेत । उत्तर–दक्षिण व्यापारिक मार्गका रुपमा कैलाली जिल्लाको धनगढीदेखि अत्तरिया चोकसम्मको सहरी क्षेत्रको सडकलाई छ लेनको सडक निर्माण गर्ने गरी काम अघि बढाइएको छ ।

यस क्रममा यहाँ स्थापना गरिएको ‘मोहनापुल—अत्तरिया सडक आयोजना’ कार्यालय धनगढीको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आज उद्घटन गर्दै उत्तर–दक्षिणका क्षेत्र जोड्ने गरी सडक सञ्जाल निर्माण हुन सकेमा त्यसले आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो ।

उहाँले धनगढीदेखि अत्तरियासम्मको छ लेनको सडकका साथै धनगढी—खुटिया—बिपीनगर र डोटीको गडसेरा हुँदै दिपायलसम्म निर्माण हुन लागेको द्रुत मार्ग र सेती राजमार्ग जस्ता सडक निर्माणले नेपाल, चीन र भारतबीचको आर्थिक र धार्मिक सम्बन्ध बढाउन मद्दत पु¥याउने बताउनुभयो ।

सो अवसरमा सांसद पुष्करनाथ ओझाले छ लेनको सडक निर्माणले धनगढीलाई आधुनिक सहर बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव धनबहादुर तामाङ, प्रजिअ गोविन्दप्रसाद रिजाल, क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवप्रसाद नेपाललगायतले आयोजनाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..