» » इश्वर दयाल मिश्रको यो ठाटबाठ बारेमा तपाई के भन्नुहुन्छ ?


काठमाडौ मंसिर २७ गते । जनता जनार्दन हुन्छ भन्छन् । नेताहरुले नै जनता नै सबभन्दा ठूलो हो भन्नुहुन्छ । जनता नै सर्वोपरि हो भन्नुहुन्छ । जे कुरामा पनि जनताका लागि भन्नुहुन्छ उहाँहरु तर माथिको फोटो एकपटक हेर्नुस् त जनता ठूलो कि नेता ठूलो प्रष्ट हुन्छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य एवं पूर्व सांसद इश्वार दयाल मिश्र पार्टीको सदस्यता वितरण गर्न कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को  भिल्मी, कुशहवा र हर्दौनालगायतका गाउँमा सदस्यता वितरण जाँदा मिश्रको आफ्नो जमिन्दारी शैलीमा प्रस्तुत भएको प्रष्ट देखिन्छ ।

हिन्दी फिल्महरुमा प्रायः देखिने यस्ता दृश्य इश्वार दयाल मिश्रले आफ्नो जिल्लामा जनतासँग प्रत्यक्ष गर्नुभयो ।

प्रायः घरमा हुने सोफासेट बाहिर निकाल्न लगाएर आफै सोफामा बस्नु भएको छ भने पार्टीको सदस्यता लिनुभएका सोझा सिधा जनता तल भूइमा बस्नु भएको छ । भौतिक योजना तथा निर्माण राज्य मन्त्री समेत भइसकेका व्यक्ति जनतासँग कस्तो व्यवहार गर्नुपर्छ भनि जानेको छैन भने लामो राजनीतिक कसरी गर्न सक्छ भनि अहिले क्षेत्रमा टिकाटिप्पणी भइरहेको छ ।

जमिन्दारी शैलीमा हिड्न र बोल्न रुचाउने इश्वार दयाल मिश्रको यो ठाटबाठ देख्दा जनताको टाउकोमा बसेर राजनीतिक गर्ने खालको व्यक्ति हो भनिन्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..