» » शरतसिह भण्डारीले भन्नुभयो, ‘अङ्गीकृतलाई प्रमुख बनाउनु पर्ने मोर्चाको माग होइन’


काठमाडौँ, पुस १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने मधेसी मोर्चाको माग नभएको बताउनुभएको छ ।

पार्टीको ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को आज यहाँ उद्घाटन गर्दै भण्डारीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनलाई ओझेलमा पार्न नागरिकतालगायत विषयमा बखेडा झिकिएको आरोप लगाउनुभयो ।

“संविधान संशोधन नभई स्थानीय निर्वाचनको कुरा गर्नु संशोधनलाई ओझेलमा पार्ने षड्यन्त्र हो, यदि स्थानीय निकायको निर्वाचन गर्ने हो भने निर्दलीय आधारमा हुनुपर्छ” – अध्यक्ष भण्डारीले भन्नुभयो ।

उहाँले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन मोर्चा सहमत रहेको र त्यसका लागि प्रमुख प्रतिपक्षीसहितका सबै दलको छलफल र सहमति अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष भण्डारीले पहिले आफँैले सहमति गरेको विषयलाई अहिले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न नेकपा ९एमाले०ले राष्ट्रियताको बखेडा झिकेर सामाजिक विभाजन र विखण्डन गर्ने प्रयास गरेकाले त्यसप्रति आफ्नो पार्टी सचेत रहेको बताउनुभयो ।

दुईदिने प्रशिक्षणमा राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण हाछेथु, सिके लाल, दीपेन्द्र झालगायतले प्रशिक्षण दिनुहुने पार्टीका महासचिव केशव झाले जानकारी दिनुुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..