» » ओलीको चीन जाने कार्यक्रम रद्द


काठमाडौँ, मङ्सिर २१ गते । नेकपा ९एमाले० का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको छ । 

मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उहाँले चीन जाने कार्यक्रम रद्द गर्नुभएको हो । 

चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम भए पनि व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिनुहुने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थविद्ले पनि भाग लिने कार्यक्रम छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..