» » आत्माराम फर्के फोरम नेपालमा


पर्सा मंसिर २० गते । मधेशी जनअधिकार फोरम नेपालबाट जेपे गुप्तासँगै अलग हुनुभएको आत्माराम साह पुनः सोही पार्टीमा फर्किनु भएको छ ।

जेपी गुप्तासँगै अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोल्नु भएको थियो । पछि सो पार्टी राजकिशोर यादवले कब्जा गरेपछि गुप्तासँगै तराई मधेश राष्ट्रिय अभियानमा हुनुहुन्थ्यो ।

उपेन्द्र यादवका निकट मानिएका आत्मराम साह कसरी फोरमबाट अलग हुनु भयो त्यो बेला आश्चर्यको विषय बनेको थियो ।

उपेन्द्र यादव अर्धभुमिगत हुँदा वीरगञ्जस्थित आत्मराम साहको घरमा सेल्टर बनाएर बस्नु भएको थियो ।

 त्यसबेला आत्मराम साहबाट निकै सहयोग भएको थियो तर पछि उपेन्द्र यादवलाई छाडेर जेपीको साथ लाग्नु भएको थियो । अन्ततः पुनः फोरम नेपालमा फर्किनु भएकोमा उपेन्द्र यादवले खुशी व्यक्त गर्नुभएको छ

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..