» » देउवाले भन्नुभयो, झापा, सुनसरी र मोरगं दुई नम्बर प्रदेशमा कुनै पनि हालतमा जाँदैन


सुनसरी मङ्सिर १८ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा काँग्रेस सहमत नहुने बताउनु भएको छ ।


प्रेस युनियन सुनसरीले लौकहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताउनु भएको हो ।

देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताउनुभयो ।

उहाँले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने जिकिर गर्नुभयो ।

सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दिलीप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..