» » एमालेमुक्त मधेश बनाउने राजेन्द्र महतोको चेतावनी

जनकपुर मंसिर २४ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेशको माँग पुरा हुन नदिनकै लागि एमालेले आन्दोलनको षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

प्रेस मञ्च धनुषाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महतोले एमालेले गरिरहेको आन्दोलनलाई षडयन्त्रको संज्ञा दिनुभयो । संशोधनको पक्षमा नउभिएर एमालेको राष्ट्रघाति चरित्रको उजागर भएको उहाँको भनाई थियो ।

एमालेले मधेशको माँग पुरा हुन नदिनका लागि आन्दोलन गर्यो भने अब मधेशी जनता एमाले मुक्त मधेशको परिकल्पना गर्ने चेतावनी समेत उहाँले दिनुभयो ।

एमालेको राष्ट्रघाति चरित्रकै कारण वर्तमान उपलब्धि समेत गुमने खतरा तर्फ सबैलाई सचेत गराउनु भएको थियो । संविधान संशोधनको सवालमा उहाँले अहिले तयार पारिएको संविधान संशोधनको प्रस्तावबाट मधेशको सबै माँग पुरा हुन नसक्ने भएकाले मधेशी मोर्चा सो प्रस्तावबाट असन्तुष्ट रहेको स्पष्ट पार्नुभयो ।

मधेशको सबै माँग सम्बोधन हुन सक्ने संशोधन प्रस्ताव तयार पार्नका लागि मोर्चाले दबाब बनाई रहेको उहाँले बताउनु भयो ।

पत्रकारहरुको एक जिज्ञासामा अध्यक्ष महतोले तराई मधेश लोकतान्त्रिक पार्टीसँग पार्टी एकीकरण हुन लागेको चर्चामा मात्रै सीमित रहेको तर एकिकरणका लागि कुनै ठोस कदम अहिलेसम्म अगाडि नबढाइएको स्पष्ट पार्नुभयो ।  

प्रेस मञ्च नेपाल धनुषा शाखाको ३० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

प्रेस मञ्च नेपालको केन्द्रिय सह–संयोजक बिन्द किशोर साहको अध्यक्षता र सदभावना पार्टीको अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट जयन्त ठाकुरको अध्यक्षतामा ३० सदस्यीय प्रेस मञ्च नेपाल धनुषाको कार्यसमिति गठन गरिएको हो ।

सोही कार्यक्रमबाट बटुकनाथ झालाई प्रेस मञ्चको केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरिएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मनोज सहनी र कुलदीप साह, सचिवमा पारसमणि शर्मा, सह–सचिवमा फुलगेन मुखिया, कोषाध्यक्षमा सोनी साहलाई चयन गरिएको थियो ।

त्यस्तै सदस्यहरुमा ललिता राउत, रेखा यादव, बुधेश्वर रजक, सुनिल साह, दीपक पाण्डे, मनिष साह, संजय मुखिया, सपना पाण्डे, अञ्जना मण्डल रहेका छन् ।

त्यस्तै अविनाश झा, राजेश ठाकुर, निभा झा, राजा झा, अतुल कर्ण, विजयलाल यादव, आनन्द कुमार दुबे, सौगात अधिकारी, सियाशरण महतो, सुनिता महतो, राम उदगार महतो, सुशिल कुमार साह, संतोष महतो, निलम साह, र सरोज साहलाई चयन गरिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..