» » बालविवाह गराउने पञ्चहरु पक्राउ

महोत्तरी मंसिर १९ गते । फुलकाहा–९ जमुनियामा एक १४ वर्षीया बालिकालाई जवरजस्ती केटाको घरमा बन्धक बनाएर विवाह गराउन खोज्ने गाउँका पञ्च रुद्रनारायण चौधरी र गुदरी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी फुलकाहा–९ जमुनियाका ६० वर्षीय रुद्रनारायण चौधरी र ५५ वर्षीय गुदरी चौधरी हुनुहुन्छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शभ्मु पोखरेलका अनुसार १४ वर्षीया बालिका आरती चौधरी सोही गाउँका १६ वर्षीय कृष्णा चौधरीसँग जर्बजस्ती विवाह गराउने र केटा पक्षलाई ८० हजार र केटी पक्षलाई ५० हजार जरिवाना तिर्नु पर्ने निर्णय गरेका थिए ।

गाउँका पञ्चहरुले जवरजस्ती विवाह गर्नु पर्ने र जरिवाना तिर्नुपर्ने निर्णय गरेपछि कृष्णा चौधरीका आमा बोलो देवीले बाल संरक्षण तथा प्रर्वद्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण संघ महोत्तरी, इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएका थिए ।

उजुरी पश्चात बाल संरक्षण तथा प्रर्वद्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण संघ महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला र संचारकर्मी सम्मिलित टोलीले बालिकालाई शुक्रवार उद्धार गरिएको थियो ।

बालिकालाई उद्धार गर्न गएका प्रहरी, बालअधिकारकर्मी र पत्रकारहरुलाई चौधरीसहितका पञ्चहरुले सामाजिक निर्णयले बालिकाको विवाह गरेको भन्दै शुक्रवार हकारेका थिए ।

यस्तै, यिनै गाँउका पञ्च भनाउँदा हरु (बालविवाह गराउने नाइके) रुद्र नारायण चौधरी र गुदरी चोधरीसहितकाले यस्तै एक अर्का जोडी १३ वर्षिया अन्जली चौधरी र १५ वर्षिय रुपेश चौधरीको पनि बालबिवाह गराउन लागेको स्थानीयले बताए ।

उनीहरुबीच प्रेमसम्बन्ध रहेको भन्दै स्थानीय पन्चहरुले केटीपक्षका अभिभावकसँग ४० हजार र केटा पक्षका अभिभावकसँग ७५ हजार रकम जरिवाना तिराएर यही मंसिर १५ गतेका दिन विवाह गर्र्ने निधो गरेकोमा रुपेशका परिवारमा शोक परेपछि विवाह रोकिएको हो ।

स्थानीयहरुले रुपेश र अञ्जली चौधरीबीच तय भएको विवाह समेत रोक्नु पर्ने र ती जोडीलाई पनि उद्धार गर्न जरुरी रहेको स्थानीयहरुले बताएका छन् ।

बालविवाह गराएर उठेको दण्डबाट यिनीहरु भोजभतेर खाने गरेका गाउँलेले बताएका छन् ।

यता, शनिवार इलाका प्रहरी कार्यालय गौशालामा भएको छलफलमा लक्ष्मण चौधरीका १६ वर्षीय छोरा कृष्णा चौधरी र १४ वर्षीया बालिका आरती कुमारी चौधरीबीच बालविवाह नगर्ने सहमितमा दुवै पक्षका परिवार सहमत भएका छन् ।

सहमति पश्चात कृष्णा चौधरीको जिम्मा उनका आमा बोलोदेवीले लिएका छन् भने आरती कुमारी चौधरीको जिम्मा उनका अभिभावकले लिएका छन् ।

यस्तै, पक्राउ परेका पञ्च चौधरीद्वयलाई गाँउमा हुने बालविवाह रोक्ने र आईन्दा यस प्रकारको गल्ती नगर्ने प्रतिबद्धता गरेपछि अवेर साँझ रिहा गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकरी गराउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..