» » भारतले आधिकारिक रुपमा संशोधन प्रस्तावलाई गरे स्वागत


काठमाडौ मंसिर १९ गते । सरकारले संसदमा दर्ता गराएको दोस्रो संविधान संशोधन विद्येयकलाई भारतले आज औपचारिक रुपमा स्वागत गर्दै महत्वपूर्ण कदम भएको बताएका छन् ।

सविधान संशोधनका लागि हालसम्म भएको प्रयास सकारात्मक भएको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, हाम्रो निरन्तर पोजिसन के रहँदै आएको छ भने नेपालको शान्ति, स्थायित्व तथा प्रगती नेपाल र भारत दुवैको हितमा छ । त्यसैले संवाद र संवैधानिक प्रक्रियाद्वारा समाजका सबै तत्काका आकांक्षाहरुलाई सम्बोधन गर्न नेपाल सरकारले लिएका पहलकदमीहरुको हामीले समर्थन गरिरहेका छौं,ु


ुअहिले भइरहेका प्रयासहरु नेपालको संसदमा नोभेम्बर २९ मा दर्ता गरिएको संविधान संशोधन प्रक्रिया एक महत्वपूर्ण कदम हो, उहाँले भन्नुभयो ।

नेपाल एक नजिकको छिमेकी भएको नाताले नेपालको शान्ति, स्थायित्व र आर्थिक विकासलाई गति दिनको लागि नेपाली जनता र नेपालको प्राथमिकताअनुसार सबैखाले सहयोग र समर्थन गर्न तयार रहेको बताइएको छ ।

हिजो नै मधेशवादी दलका नेताहरु नेपालस्थित भारतीय दूतावासमा गएर सविधान संशोधनको विषयमा छलफल गरेको थियो ।

छलफलमा राजदूत रन्जित रायले सविधान संशोधनमा सहमति जनाउन सुझाव दिनुभएको थियो । मधेशी मोर्चाका नेताहरुसँग भेटीसकेपछि रायले बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई पनि भेटेका थिए ।

रायले प्रधानमन्त्री प्रचण्डलाई भेटीसकेपछि साँझमा मधेशी मोर्चाका नेताहरु समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..