» » सिरहामा नौ सय ७५ जना फोरम नेपाल प्रवेश


सिरहा मंसिर २१ गते । बाराका प्रभावशाली नेता आत्माराम साहको नेतृत्वमा सयौंको संख्यामा पार्टी प्रवेश गरेको एकदिन नबित्दै सिरहामा नौसय ७५ जनाको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह फोरम नेपालमा प्रवेश गरेको हो ।
पार्टी प्रवेश गर्नेमा अधिकांश अञ्चल स्तरीय नेतादेखि क्षेत्रीय उपाध्यक्ष, पूर्व गाविस अध्यक्ष, वडा अध्यक्ष, जिल्ला नेतासम्म रहेका छन् ।

नेकपा एमालेका अञ्चल सदस्य तारणी प्रसाद यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाविस अध्यक्ष जवाहर यादव, नेकपा एमालेका क्षेत्रीय उपाध्यक्ष प्रफुल्ल सिंह फोरम नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै, एमाले नेता हरि यादव, नेकपा माओवादी केन्द्रका नेता रामप्रकाश दास, कांग्रेसका पूर्व गाविस अध्यक्ष रामविलास यादव, कांग्रेसकै नेता दिपेन्द्र यादव पनि फोरम नेपाल प्रवेश गरेको कार्यक्रममा सहभागी समाजवादी युवा फोरमका केन्द्रीय महासचिव अजयकुमार यादवले जानकारी दिनुभयो ।

मंगलबार सिरहाको क्षेत्र २, जानकीनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फूलमाला र अबीरले स्वागत गर्दै पहिचान र संघीयताको पक्षमा लाग्न आह्वान गर्नुभएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथि पार्टीका केन्द्रीय कोषाध्यक्ष विजय यादव, अतिथिहरुमा पूर्व मन्त्री राजलाल यादव, केन्द्रीय सदस्य असेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादवको उपस्थिति थियो ।

सिरहाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका लागि तयार रहन सबैलाई आह्वान गर्नुभएको छ । सरकारले दर्ता गरेको संशोधन विधेयकले देशको समस्या समाधान नगर्ने भएकोले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष यादवले आन्दोलनको सामना गर्न सरकारलाई समेत चेतावनी दिनुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..