» » होटलमा जुवातास खेल्ने गरेको खुलासा

झापा, मंसिर २० गते । झापाका होटल तथा लजहरुमा ब्यवसायिक रुपमा जुवातास खेलाउने गरेको रहस्य खुलेको छ ।

होटल ब्यवसायिहरुको संरक्षणमा होटलहरुमा जुवातास खेलाइने गरेको बताईदै आएको अवस्थामा प्रहरीले होटल ब्यवसायि संघ झापाका अध्यक्ष सहितलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा श्रोतका अनुसार ब्यवसायिक रुपमा बिर्तामोडका केहि होटलहरुमा जुवातास खेलाइने गरेको सूचनाको आधारमा बिशेष प्रहरी टोली परिचालन गरेर खोजी गरिने क्रममा आइतवार राती होटल ब्यवसायि संघ झापाका अध्यक्ष भोला उप्रेती सहित एकदर्जन जुवाडेलाइ पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ ।

उप्रेतीसंगै स्थानीय एक सहकारी संस्थाका ऋण अधिकृत टंक भेटवाल पनि रहेको जनाईएको छ ।

बिर्तामोड स्थित सन्दिप होटलमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले छापा मारेको थियो । होटल घेराउ गरेर छापा मार्ने क्रममा १६ वटा कौडा, १ लाख ७५ हजार नगद सहित ११ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरीप्रसाद शर्माले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले भने लय उप्रेतीको घरमा डेरा गरी बस्ने राम क्षेत्रीको डेराबाट उनिहरुलाई पक्राउ गरेको पत्रकारहरुको इमेलमा बिवरण पठाएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा शान्तिनगर १ बस्ने नरेन भन्ने नवराज लिम्बु, मिलन लिम्बु, पुरन दाहाल, बिशाल लिम्बु, राम क्षेत्री रहेको सार्वजनिक गरेको छ ।

 पक्राउ पर्दा बरामद गरिएको रकमको समेत फरकफरक बिवरण आएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..