» » मन्दीरका पुजारी गाँजासहित पक्राउ

जनकपुर पुस १५ गते । जनकपुर उपमहानगरपालिका–२३ बिन्धी चौकमा रहेको महादेव मन्दिरका पुजारी गाँजासहित पक्राउ परेका छ ।

सो मन्दीरमा स्थानीयवासिको सहियोगमा जीरोमाइल ट्राफिक बिटको प्रहरीको टोलीले बिन्धीको  महादेव मन्दिरमा छापा मार्दा ६ के.जी. गांजा र ४८,५०० रुपैया सहित मन्दिरका पुजारी जगदीश कापर र माईराम श्यामा देवी ठाकुर पक्राउ पर्नुभएको हो ।

बिगत केहि दिनदेखि मन्दिरका पुजारी जगदीश कापरलार्इ स्थानीय वाशीले गांजा बिक्री,बितरण सम्बन्धमा पटक पटक समझाऊँदा अटेरी गरेको स्थानीय वाशीको भनाइ छ ।

 बिन्धीको महादेव मन्दिरमा दिन्हु बिहान र बेलुकीको समयमा मन्दिर परिषदमा गांजा खानेहरुको घुइचो लागि खूलायाम गांजा खाने बानीले बिन्धीका बालबालिका, बिद्यार्थी, युवाहरुमा नकारात्मक असर परेको स्थानीयवासीको भनाइ छ ।

 आज बिहान करीब ९ बजेको समयमा महादेव मन्दिरमा छापा मारिएको बिद्यार्थी नेता रंजीत निष्पक्षले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..