» » नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ

धनवीर महतो
महोत्तरी, पुस ८ गते । महोत्तरीको गौशालाबाट प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । गएराति गौशाला नगरपालिका ९ हर्सवा टोलबाट प्रहरीले स्थानिय ४७ बर्षिय गुदर महतो, ३४ बर्षिय रामकेवल महतो र ३२ बर्षिय राजेन्द्र साहलाई १ थान नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

गुदर महतोले संचालन गरेको कुखुरा फार्ममा हतियार लुकाईराखेको गोप्य सुचनाको आधारमा प्रहरीले खानतलाशी गर्दा हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सो फार्ममा खानतलाशी गर्दा फार्मको वीच भागमा कालो प्लाष्टिकमा वेरेर राखेको अवस्थामा एक थान हतियार फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पक्राउ परेको तीनैजनालाई ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शम्भु पाखरेलले जानकारी दिनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..