» » सविधान संशोधनको प्रस्तावपछि नेपाल सद्भावना पार्टीको विज्ञप्ति

मितिः २०७३/०८/ १५ गते

प्रेस विज्ञप्ति


नेपाल सरकारले व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको नेपालको संविधानः २०७२ (दोश्रो संसोधन–२०७३) को मर्म, भावना र शब्दहरु प्रति नेपाल सद्भावना पार्टीको ध्यानाकर्षण भएकोछ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा सरकार गठनको बेला भएको ३ बुंदे सम्झौता अनुसार आन्दोलनको एजेण्डा र आन्दोलनजन्य मांगलाई सम्बोधन गर्ने सहमति कार्यान्वयन गर्ने सिलसिलामा संविधान संसोधन सम्बन्धि विधेयक दर्ता गरिएकोलाई हामी गम्भिर रुपमा लिएकाछौं ।

सरकार द्वारा प्रस्तुत संविधान संसोधन सम्बन्धि विधेयकले मधेश आन्दोलनको समग्र एजेण्डा, आकांक्षा र मांगलाई सम्बोधन गर्न नसकेको, सत्तारुढ दलहरु भित्रैबाट सम्प्रेषित भैरहेको भावनाले संसोधन विधेयकलाई आत्मसात गर्न नसकेको अवस्थाले हामीलाई चिन्तित तुल्याएको छ । संसोधनको सवालमा सरकार तथा प्रतिपक्षले लिने गति र दिशालाई हामी अत्यन्त नजिकबाट निगरानी गरीरहेका छौं । मधेश र मधेशीको समग्र सबालमा सदैब सजग रहदैं विकसित परिस्थिति अनुसार जस्तोसुकै गम्भिर र जिम्मेवारीपुर्ण राजनीतिक कदम चाल्न नेपाल सद्भावना पार्टी सदैब तैयार रहनेछ ।

त्यसर्थ, नेपाल सद्भावना पार्टी विधेयकको प्रस्तावको अध्ययन गर्न, आन्दोलनकारी जनताको सल्लाह, सुझाव र प्रतिकिृया बुझ्न, मधेशी मोर्चा लगायतका आन्दोलनरत पक्ष संग विचार विमर्श गर्न, अन्य सरोकारवाला पक्षको दृष्टिकोण र अवस्था बुझ्न, “पर्ख र हेर”को नीति अख्तियार गर्नेछ ।

अन्त्यमा, संविधान संसोधन सम्बन्धि बिधेयकको प्रस्ताव मार्फत समग्र नेपाल र खासगरी तराई–मधेशको भूगोल, इतिहाँस, समाज र भविष्यको लागी एकपटक फेरी द्वन्द, संघर्ष, आन्दोलन र बिद्रोहको बाटो खुल्ला राखिएको हाम्रो प्रारम्भिक ठहर रहेकोछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..