» » सद्भावना पार्टी सिण्डिकेटमै चलेको हो त ?

काठमाडौ मंसिर २५ गते । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी सिण्डीकेटमा चलेको आरोप पार्टीमा लागेको छ ।

मंसिर २३ गते बसेको केन्द्रीय समितिको आकस्मिक बैठकमा सो पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले यो पार्टी तीन जनाको सिण्डीकेटमा यो पार्टी चलेको आरोप लगाउनु भएको स्रोतले जनाएको छ ।

यो पार्टी पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मण लाल कर्ण र महासचिव मनिष सुमनको सिण्डिकेटमा चलेको उहाँले आरोप लगाएको पार्टी स्रोतले जनाएको छ ।

हामीलाई बेकारमा बैठकमा बोलाउनु हुन्छ, हाम्रो कुरा मात्र सुन्नुहुन्छ, निर्णय तीनजनाको मात्र हुन्छ उपेन्द्र महतोले अध्यक्ष महतोलाई भन्नुभयो, यदि तपाई तीनैजना निर्णय गर्नुहुन्छ पार्टी चलाउनु हुन्छ भने हामीलाई नबोलाउनुस् ।’

पार्टीको हरेक बैठक, कार्यक्रम तथा गतिविधिमा यी तीन नेता मात्र सहभागि हुने गरेको आरोप उहाँको थियो । यसको जवाफमा अध्यक्ष महतोले पार्टी कुनै सिण्डीकेटमा चलेको छैन, यदि त्यस्तो हो भने गलत हो त्यसलाई सुधार गर्नुपर्ने प्रतिकृया दिनुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..