» » एकीकरण प्रकृयामा रहनु भएका बाबुराम र उपेन्द्रले एकैपटक भेटे प्रचण्ड


काठमाडौँ, मङ्सिर १९ गते । मोर्चाबन्दीको अन्तिम तयारीमा रहनु भएका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय संयुक्त रुपमा भेट्नु भएको छ ।

यसअघि सविधान संशोधनको सम्बन्धमा संयुक्त विज्ञप्ति निकालि सक्नु भएका यी दुई नेताले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्रीले आन्दोलनरत दलको मागको सुनुवाइ गर्नकै लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै प्रधानमन्त्रीले सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न दुवै नेतालाई आग्रह गर्नुभएको सल्लाहकार आचार्यले बताउनुभयो ।

भेटवार्तामा संयोजक डा भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिका विषयमा समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..