» » पत्रकारको सुरक्षाका लागि कार्यविधि तर्जुमा गरिने


काठमाडौँ, मङ्सिर २७ गते । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायको आव २०७३÷७४ को प्रथम चौमासिक प्रगति विवरण मिश्रित देखिएको छ ।

मन्त्रालय अन्तर्गतका सूचना विभाग, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र संस्थान, नेपाल चलचित्र विकास बोर्ड, हुलाक सेवा विभाग, मुद्रण विभाग र राष्ट्रिय सूचना आयोग लगायत २२ निकायको पुँजीगत प्रगति कम हुनाका साझा समस्यामा सञ्चालक समिति बैठक समयमा बस्न नसक्नु र सञ्चालक जिम्मेवार नहुुनु देखिएको छ ।

 त्यसैगरी समाधानका लागि आवश्यक जनशक्तिको पदपूर्ति र बजेट उपकरणको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आव २०७३÷७४ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देखावटी काम मात्रै भन्दा पनि जनताले सेवासुविधा पाउनेगरी काम गर्न सबै विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

मन्त्रालय अन्तर्गतका निकायका प्रमुख सहभागी समीक्षा बैठकमा मन्त्री कार्कीले मन्त्रालय मातहतका सञ्चारमाध्यमले विभागले गरेका कामलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

जुनसुकै पार्टीमा आबद्ध भए पनि वा फरक विचार, धर्म, संस्कार भए पनि मुलुक निर्माणमा एकीकृत हुनुपर्ने मन्त्री कार्कीको भनाइ छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बेरूजु फछ्र्योटका सन्दर्भमा प्रगति भए पनि निकायगत हिसाबले खासै प्रगति हुन नसकेको बताउनुभयो ।

मन्त्रालयका उपसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख रूद्रादेवी शर्माले आव २०७३÷७४ को प्रथम चौमासिकसम्म भएका नीतिगत उपलब्धि तथा प्रयासअन्तर्गत मन्त्रालयले आमसञ्चार नीति २०७३ कार्यान्वयन तथा अनुगमन समिति गठन प्रक्रिया प्रारम्भ भएको जानकारी दिनुभयो ।

मन्त्रालयले नीतिगत उपलब्धिका रूपमा पत्रकारको समग्र सुरक्षासम्बन्धी अवधारणाको कार्यान्वयनका लागि कार्यविधिसमेत तर्जुमा गर्न सूचना तथा सञ्चार मन्त्रालयको संयोजकत्वमा एक कार्यदल गठन गरिएको जनाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..