» » सरकारले मधेशी मोर्चासँग वार्ता गर्ने

काठमाडौ पुस २ गते । एक अर्काप्रति अविश्वास बढ्दै गएपछि त्यसलाई स्पष्ट पार्नका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाली काँग्रेस तथा माओवादी केन्द्रसँग आज वार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार वजे हुने वार्तामा एकअर्काले आआफ्नो कुरा स्पष्ट पार्ने बताइएको छ ।

दुवै पक्षबीच अविश्वासको वतावरण सृजना भएपछि आज वार्ता हुन लागेको हो ।

मधेशी मोर्चाले दवाव दिएर सविधान संशोधनको प्रस्ताव ल्याउन लगाएर पनि त्यसको विरोध गरिरहेको प्रति सत्तारुढ दल झस्किएका छन् ।

त्यस्तै, सविधान संशोधन प्रस्ताव दर्ता गराएर त्यसलाई पास गराउन पहल गर्न छाडेर सरकारले यथास्थितिमा चुनाव गराउने तयारीमा लागेको कारण मधेशी मोर्चा झस्किएका छन् ।

यही विषयमा जान्नका लागि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर छलफल गरेका थिए ।

आज नेपाली काँग्रेससँग भेटेर छलफल गर्ने कुरा थियो तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई राखेर नै कुरा गरौ भन्दा बालुवाटारमा बस्ने कुरा भएको छ ।
डा.भट्टराई उपत्यका बाहिर भएको हुनाले आजको छलफलमा उहाँ नहुने भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..